Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

वीरगन्ज महानगरपालीकाको मत परिणाम रोमान्चक बन्दै, फोरमले अग्रता लियो


असोज ८, पर्सा । पर्साको वीरगन्ज महानगरपालीकाको मत परिणाम रोमान्चक बन्दै गइरहेको छ । महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार संघीय समाजवादी फोरमले अग्रता लिएको छ । फोरमले हिजो सम्म अग्रता लिएको नेपाली काँग्रेसलाई उछिन्दै ७७ मत अन्तरले अग्रता लिएको हो ।

फोरमका मेयर पदका उम्मेदवर विजय सरावगीले १० हजार २ सय १८ मत पाएका छन् भने उपमेयरको ९ हजार पाँच सय ८४ मत आएको छ ।
झिनो मतान्तरलाई कांग्रेसका उम्मेदवार अजय द्धिग्वेदी पछ््याइरहेका छन् । उनले १० हजार १ सय ४१ मत पाएका छन् । उपमेयरमा भने कांग्रेसको अग्रता रहेको छ । उपमेयरमा ११ हजार ६ सय १६ मत आएको छ । जारी मत गणनामा कांग्रेस पछाडी धकेलिएको छ ।

सुरुमा अग्रता लिएको राजपा तेस्रो स्थानमा रहेको छ । राजपाको मेयरमा ७ हजार १ सय ३९ मत रहेको छ भने उपमेयरमा ६ हजार २ सय २४ मत रहेको छ ।
एमालेको प्रमुखमा ५ हजार १ सय ९२ र उपमेयरमा ६ हजार र्२ सय ६ मत आएको छ । त्यस्तै माओवादी केन्द्रको प्रमुखमा ४ हजार ६ सय ६६ मत रहेको छ भने उपप्रमुखमा ३ हजार ९५ मत रहेको छ ।
तर झण्डै आधा मत गणना हुन बाँकी रहेकोले कस्ले जित्छ भन्ने अहिलेनै आँकलन गर्न नसकिने बताइएको छ ।

 


ताजा समाचार