Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जितपुर-सिमरा उपमहानगरको मेयर-उपमेयर दुवैमा एमाले विजयी

बारा  जितपुर सिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले उम्मेदवार विजयी भएका छन्।

 

नेकपा एमालेका कृष्ण पौडेलले १४ हजार ८ सय ६५ मत ल्याई विजयए भएका हुन्। उनका निकटतम प्रतिन्द्वन्द्वी नेपाली कांग्रेसका कृष्णब्रत सिंहले १२ हजार ४३ मत ल्याए।

त्यस्तै उपमेयरमा एमालेकै सरस्वती चौधरी विजयी भएकी हुन। उनले १४ हजार ४ सय ५९ मत ल्याइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी नारायणी रायमाझीले १२ हजार ४ सय ६५ मत ल्याइन्।

२४ वटा वडाहरु रहेको यस उपमहानगरपालिकाको अधिकांश वडाहरुमा भने माओवादी केन्द्रले जित हात पारेको छ।

 


ताजा समाचार