Loading... आजः मङ्लबार, अशोज ५, २०७८

राज्यमन्त्री बिक माथि टीकापुरका व्यवसायीहरुले आक्रमण

बजार अनुगमनका क्रममा टीकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिक माथि टीकापुरका व्यवसायीहरुले आक्रमण गरेका छन् । शनिबार टीकापुर बजार अनुगमन गर्ने क्रममा अनुगमनको विरोध गर्दै व्यवसायीहरुले आक्रमण गरेका हुन् । व्यवसायीहरुको आक्रमणबाट राज्यमन्त्री चढेको गाडीको सिसा फुटेको छ भने गाडीमा लगाएको झण्डा पनि व्यवसायीहरुले च्यातचुत पारेका छन् । बजारमा आक्रमणको प्रयास भएपछि प्रहरीले राज्यमन्त्री बिकलाई सिद्धार्थ होटेलमा पुर्याएको थियो ।

व्यवसायीहरुको आक्रमणबाट राज्यमन्त्री चढेको गाडीको सिसा फुटेको छ, गाडीमा लगाएको झण्डा पनि व्यवसायीहरुले च्यातचुत पारेका छन् ।

होटेलमै पुगेका व्यवसायीहरुले राज्यमन्त्री चढेको बा. १ झ. ९६९९ गाडीको सिसा फुटाई दिएका छन् । राज्यमन्त्रीको नेतृत्वमा गएको अनुगमन टोलीले उपभोक्तालाई ठगेको भन्दै एकै ठाउँमा रहेका बलायर किराना पसल र अमृत गौतम किराना पसलमा शील गर्न लागेपछि व्यापारी आक्रमणमा उत्रिएका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

मन्त्री माथि ढुंगामुढाको प्रयास भएपछि प्रहरीले सुरक्षित रुपमा होटेलमा पु¥याएको थियो । अनुगमन टोली माथि आक्रमणको नेतृत्व गरेको अभियोगमा प्रहरीले टिकापुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र गिरी र महासविच रामबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको थियो तर उनीहरुलाई केही बेरपछि छाडिएको छ ।

राज्यमन्त्रीको नेतृत्वमा गएको अनुगमन टोलीले उपभोक्तालाई ठगेको भन्दै एकै ठाउँमा रहेका बलायर किराना पसल र अमृत गौतम किराना पसलमा शील गर्न लागेपछि व्यापारी आक्रमणमा उत्रिएका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

राज्यमन्त्री समक्ष माफी मागेपछि दुवै जनालाई छाडिएको ईलाका प्रहरी कार्यालय टीकापुरका ईन्चार्ज प्रहरी नायब उपरिक्षक टीकाबहादुर कार्कीले बताए । घटनापछि टीकापुर बजार तनावग्रस्त बनेको थियो । राज्यमन्त्री बिक शनिबार टीकापुरकै सिद्धार्थ होटेलमा बसेका छन् ।

प्रहरीकै अगाडि दिउँसोको आक्रमणको प्रयास भए पनि कसैलाई पनि पक्राउ गरेर मुद्दा चलाइएको छैन । प्रमुख जिल्ला अधिकारी रिजालले भने घटनामा संलग्नको खोजी भईरहेको बताएका छन् । शुक्रबारमात्र अनुगमनको विरोधमा कञ्चनपुरमा व्यवसायीहरुले बजार बन्द गरेका थिए । स्रोतः नयाँ पत्रिका


ताजा समाचार