Loading... आजः सोमवार, कार्तिक १०, २०७७

कोमल ओली एमाले प्रवेश गर्दै, राप्रपा भित्र खैलावैला ।


असोज ७, काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा चर्चित गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने तयारी गरेकी छन् । केही महिना अघी केन्द्रिय महाधिवेशनवाट राप्रपाको निर्वाचित केन्द्रीय सदस्य वनेकी कोमल वली एमालेमा प्रवेश गर्न लागेकी हुन । राप्रपा फुटेपछी कमल थापाको लाइनमा रहेकी वलीलाई सोमवार एमाले अध्यक्ष केपी शर्मा वलीले टिका लगाएर पार्टी प्रवेश गराउन लागेका छन् ।

कोमल ओलीसँगै दाङका व्यवसायी एवं कांग्रेस नेता तथा अन्यदलबाट एमालेमा प्रवेश गर्न लागेको जनाइएको छ । आफुसँगै कोमल वलीले एमाले प्रवेश गर्नेहरुको एउटा लिष्टनै वनाएकी छिन् ।

त्यसैगरी दांङका व्यवसायी बलिभद्र राना पनि एमालेमा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ । राना र ओलीलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आफैं दाङ आउने कार्यक्रम तय भएको एमाले दांङले जनाएको छ ।

कोमल ओलीले यसबीचमा एमाले प्रवेशका लागि माधव नेपाल र शंकर पोख्रेल लगायतका पार्टी नेताहरुसँग छलफल गरेकी थिइन् । राप्रपा विभाजनपछि निराश बनेकी ओलीले एमालेका नेताहरुसँग छलफल अघि बढाएकी हुन् ।

दुइ नम्बर प्रदेशको स्थानिय तहको चुनावमा राप्रपाको अवस्था झन खस्किरहेको वेला ओली एमालेमा प्रवेश गर्ने तयारी गरीरहदा राप्रपामा भने खैलावैला मच्चिएको छ । राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै प्रवेश गर्न लागेकी कोमल ओलीलाई एमालेले प्रदेशसभाको प्रत्यक्ष वा प्रतिनिधिसभाको समानुुपातिकतर्फको सांसद बनाउने सम्भावना रहेको वताइएको छ ।

दाङको तुलसीपुर र घोराही उपमहानगरपालिका सहित बहुसंख्यक स्थानीय तह जितेपछि एमाले दाङमा प्रभाव बढाउने रणनीतिमा छ । रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा संलग्न भइसकेकी छन् ।

 

 


ताजा समाचार