Loading... आजः सोमवार, कार्तिक १०, २०७७

मधेस आन्दोलनको उदगम स्थल सिरहाको लहान एमाले बिजयी

 

असोज ७, लहान । काङ्ग्रेसलाई पराजित गर्दै मधेस आन्दोलनको उदगम स्थल सिरहाको लहान नगरपालिकामा नेकपा एमाले भारी मत अन्तरले विजयी भएको छ । काङ्ग्रेसका उम्मेदवार अचमितलाल चौधरीलााइ पराजित  गर्दै लहान नगरपालिकाको मेयरमा मुन्नी साह र उपमेयरमा सरियार चौधरी विजयी भए ।

मुन्नीले २१ सय ३० मतको फराकिलो अन्तरले नेपाली कांग्रेसका उम्मेद्वारलाई हराएका हुन । बिजयी उनले ११ हजार ३०७ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार चौधरीले ९ हजार १७७ मत ल्याए ।

त्यसैगरी उपमेयर सरियार चौधरीले १२ सय ६२ को फराकिलो मत अन्तरले नेपाली कांग्रेसका पुनम चौधरीलाई हराएर बिजयी भइन । सरियारले ११ हजार १६८ मत ल्याएर उपमेयरमा बिजयी बनिन भने निकटतम प्रतिद्वन्द्वी चौधरीले ९ हजार ९०६ मत मात्र प्रप्त गरिन ।

२४ वटा वडा रहेको लहान नगरपालिकामा नेकपा एमालेले ९ वडामा जीत हासिल गरेको छ । १० वटा वडामा जित हात पारेपनी काङ्ग्रेस मेयर र उपमेयर दुबैम पराजित हुन पुग्यो ।

संघीय समाजवादी फोरम नेपालले ३ र माओवादी केन्द्रले २ वटा वडा जितेका छन् ।

बिजयि मुन्नी साहले २०५४ सालमा नेकपा एमालेको तर्फबाट लहान नगरपालिकाको एक कार्यकाल स्थानीय निकाय सञ्चालन गरिसकेका लोकप्रिय नेता हुन । लहान नगरपालिका भित्र सडक सञ्जाल र ढल निकासको ब्यवस्था गरी लहानमा विकासको जग बसाएका साह लहान नगरपालिकामा सबैको मनमा बसेका विकासप्रेमी निष्ठवान नेताको रुपमा चिनिन्छन् ।


ताजा समाचार