Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

जाजरकोटमा कांग्रेसले दुवै सभाका उम्मेदवारकाे टुङ्गो लगायो

असोज ६ , जाजरकोट । आगामी मंसिरमा हुने  प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेस जाजरकोटले उम्मेदवारहरुकाे टुङगो लगाएको छ ।

सदरमुकाम खलंगामा बसेको नेपाली कांग्रेसको बैठकले चुनावका लागि जिल्लाबाट उम्मेदवारहरुको टुङ्गो लगाइएको जनाजानकारी दिएको छ । बैठकले प्रतिनिधिसभाका लागि यस अघिको क्षेत्र नं. २ का सांसद राजिवविक्रम शाहलाई उम्मेदवार बनाउने निर्णय गरको छ ।

त्यस्तै प्रदेशसभाका लागि क्षेत्र नं. १ मा  युवा नेता बेदराज सिंह र क्षेत्र नं. २ बाट पार्टी सभापति दीपकजंग शाहलाई उम्मेदवार बनाउने नेपाली कांग्रेस जाजरकोटले निर्णय गरेकाे छ । विगतमा उम्मेदवार छनाेट गर्दा  पार्टिभित्र  विवाद देखिने परिपाटीलाइ कांग्रेसले यसपटक अन्ते गरेकाे देखिएकाे छ ।

यस अघि २ वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा यसपटक प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुईवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।


ताजा समाचार