Loading... आजः शनिबार, अशोज २, २०७८

रामेछापमा यात्रुबहाक बस दुर्घटना, ३ को घटनास्थलमै मृत्यु, २० जना घाइते (अपडेट)

असाेज ६, रामेछाप । रामेछापको रामेछाप नगरपालिका ८ बिटारमा यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको घटनस्थलमै मृत्यु भएको छ । अरु २० जना घाइते भएका छन् ।

रामेछापबाट काठमाडौं जाँदै गरेको बा २ ख ६३७२ नम्बरको बस रोडबाट भिरमा खसि दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परि रामेछाप नगरपालिका वडा नम्बर ८ का दिपककुमार श्रेष्ठ,  ७ की लालकुमारी बस्नेत  र बझाङ जिल्ला राय गाउँपालिकाका उमा खड्को ज्यान गएकाे प्रहरीले जनाएको छ ।

घाइतेहरुको सदरमुकाम मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस माेडमा मोड्नेक्रममा सिधै भिरबाट करिब एक सय मिटर तल खसेको थियो ।

 


ताजा समाचार