Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

सुन्दर नेपाल संस्थाद्धारा जाजरकोट स्वास्थ्य सञ्जाल गठन

असोज ६, जाजरकोट । सुन्दर नेपाल सँस्थाद्धारा सञ्चालित नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजनाले विहिवार जाजरकोट स्वास्थ्य सञ्जाल गठन गरेको छ ।

जिल्लास्तरको कोलेसन बिल्डीङ स्वास्थ्य अन्तरगत विभिन्न सार्बजनिक निजि समुह तथा अन्य सरोकारवालाहरु सँग समन्वयात्मक ढंगबाट काम गर्न स्वस्थ्य सञ्जाल गठन गरिएको हो ।

सञ्जालमा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख तथा प्रतिनिधि संयोजक रहने गरि स्वास्थ्य सँग काम गर्ने सरकारि तथा गैर सरकारि संस्थाका प्रमुख र सरोकारवालाहरु सदस्य रहेका छन् । सञ्जालका सदस्यहरुमा जिल्ला आयुर्वेदका प्रमुख, गैसस महासंघका प्रमुख, हेल्भेटास नेपाल स्विस इन्टरकोअप्रेसन सुशासन परियोजना, सुआहारा परियोजना, पहल परियोजना, सहकर्मी समाज नेपाल, बहुआयामिक विकास तथा अध्ययन मञ्च, महिला अधिकार मञ्च, रेडियो पाइला, नेपाल रेडक्रस, सेभ द चिल्ड्रेनका एक–एक जना प्रतिनिधि रहेका छन् ।

त्यसैगरी संचारकर्मी रामचन्द्र घर्ती, सामुदायिक रेडियो संचारकर्मी करिष्मा परियार पनि सदस्य रहेका छन् । संजालमा सुन्दर नेपाल सँस्थाका सदस्य सचीव रहने जिल्ला कार्यक्रम अधिकृत धन बहादुर रावतले जानकारी दिए ।

 


ताजा समाचार