Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

पर्यटन पत्रकार संघ (एन्टाेज)को महाधिवेशन सम्पन्न

जाजरकोट । नेपाल पर्यटन पत्रकार संघ (एन्टाेज) को २०७४ असाेज ४ र ५ गते बर्दियाको पर्यटकीय नगरी ठाकुरद्वारमा सम्पन्न पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनले धनिराम शर्मा (ऋतु विचार)को अध्यक्षतामा २७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति नेतृत्व चयन गरेकाे छ ।

उक्त महाधिवेशन बाट उपाध्यक्षमा वसन्त प्रताप सिँह र महिला उपाध्यक्षमा अमृता केसी निर्वाचीत भएका छन् । त्यसैगरी महासचिवमा केशरमान बुढाथोकी, उपमहासचिव मदनराज जोशी, खुला दुई सचिवमा विष्णुप्रसाद शर्मा र ताराप्रसाद शर्मा, महिला सचिवमा इन्द्रसरा खड्का, दलित सचिव राधा नेपाली, जनजाति सचिव दीपबहादुर घर्तीमगर, कोषाध्यक्ष उदय बिसीलाई निर्वाचित गरेको छ ।

नेपाल पर्यटन पत्रकार संघ (एन्टाेज) नयाँ कार्य समिति

  • अध्यक्ष: धनिराम शर्मा (ऋतु विचार )
  • उपाध्यक्ष: बसन्त प्रताप सिंह
  • महिला उपाध्यक्ष : अमृता केसी
  • महासचिव: केशरमान बुढाथोकी
  • उपमहासचिव: मदनराज जाेसी
  • खुला सचिव: विष्णु प्रसाद शर्मा / तारा प्रसाद शर्मा
  • महिला सचिव: ईन्द्रसरा खड्का
  • दलित सचिव: राधा नेपाली
  • जनजाति सचिव : दिपबहादुर घर्ती
  • कोषाध्यक्ष: उदय विसी

सदस्यहरु:

  • हरि भण्डारी (खुला)
  • जनक विष्ट (खुला)
  • सपना वली (महिला)
  • अस्मिता गिरी (महिला )
  • रेखा मगर (जनजाति )
  • रमेश रावल (कर्णाली )
  • सुवास परियार ( दलित )
  • तारानाथ न्यौपाने (प्रदेश नम्बर ३)
  • विक्रम सुनार (प्रदेश नम्वर ४)
  • सन्तोष बस्याल (प्रदेश नम्वर ५)
  • टेक शाही (प्रदेश नम्वर ६)
  • शिवराज ढुंगाना (प्रदेश नम्बर ७)

प्रदेश नम्वर १ र २ मा भने संघको संगठन बिस्तार नभएकाले संगठन बिस्तारपछि चयन गरिने महासचिव केशरमान बिसीले जानकारी दिए । साथै मधेशी मुस्लिम र अल्पसंख्यकको केन्द्रीय समिति बैठकले मनोनित गर्ने भएको छ ।

 

 त्यसैगरी प्रदेशको अधिवेशन सम्पन्न गर्न महाधिवेशनले प्रदेशनम्वर ३ मा पविना स्याङ्वा, प्रदेश नम्वर ४ विजय राना, प्रदेश नम्वर ५ मा जितेन्द्र खत्री, प्रदेश नम्वर ६ मा अशोक कुमार सिंह र प्रदेश नम्बर ७ मा बाबुराम श्रेष्ठलाई प्रदेश अधिवेशन गर्न संयोजकमा चयन गरिएको छ । संघको विधान अनुसार ६ महिनाभित्र प्रदेशको अधिवेशन सम्पन्न गरिसक्नु पर्ने व्यवस्था छ ।

बिहीबार सम्पन्न भएको संघको राष्ट्रिय महाधिवेशनको उद्घाटन नेपाल पत्रकार महासघका बरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले गरेका थिए । उद्घाटन कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, संघका संस्थापक सल्लाहकार सल्लाहकार महेन्द्र बुढाथोकीलगायतले शुभकामना व्यक्त गरेका थीए ।

संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा (ऋतुविचार) को अध्यक्षतामा भएको कार्यक्रमको महासचिव केशरमान बिसीले सञ्चालन गरेका थिए भने बर्दिया जिल्ला अध्यक्ष दीपक शर्माले स्वागत मन्तव्य दिएका थीए । हाल ४० जिल्लामा शाखा र विदेशमा समेत शाखा रहेको संघको महाधिवेशनमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि पर्यवेक्षक र अतिथिहरुको सहभागिता रहेको थियो ।


ताजा समाचार