Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

लहान नगरमा एमाले, विरगञ्ज महानगरमा राजपा अगाडी ।

आसोज ४ । सिराहाको लहान नगरपालिकामा नेकपा एमालेले फराकिलो अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार मुनी साहले अग्रता लिनुभएको हो ।
यसअघि लहानमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले अग्रता लिएको थियो । भर्खर सार्वजनिक परिणाम अनुसार मेयरमा एमाले उम्मेदवार साहले २१६४ मत प्राप्त गर्नुभएका छ । उपमेयरमा पनि एमालेकै सरियार चौधरीले अग्रता लिनुभएको छ । उहाँले १८५४ मत प्राप्त गर्नुभएको छ । एमालेलाइृ कांग्रेसले पच्छ्याइरहेको छ ।

कांग्रेसका अच्मितलाल चौधरीले १५७३ र उपमेयरले १९७१ मत प्राप्त गर्नुभएको छ भने संघीय समाजवादी फोरमका बैजनाथ साहले १३७२ मत र उपमेयरले १४५५ मत प्राप्त गर्नुभएको छ । यस्तै राप्रपाका लगनलाल चौधरी १३५९ मत र उपमेयरले १०२८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै विरगञ्ज महानगरपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार राजपाका मेयरका उम्मेदवार राजेशमान सिंहले १२३९ मतका साथ अग्रता लिइरहनु भएको छ ।
राजपाका उम्मेदवारलाई नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहनु भएको छ । कांग्रेसका मेयरका उम्मेदवार अजयकुमार द्धिवेदीले ९६६ मतका साथ पछ्याइरहनु भएको छ ।

 


ताजा समाचार