Loading... आजः शनिबार, कार्तिक ८, २०७७

पर्यटन पत्रकार स‌ँघकाे महाधिवेशन बर्दियामा सुरुहुदै 

असाेज ४, बर्दिया । नेपाल पर्यटन पत्रकार संघको पहिलाे महाधिवेशन आजदेखि सुरु हुँदैछ । ‘समृद्धिका लागि पर्यटन सञ्चार अभियान ’ भन्ने मूल नाराका साथ बर्दियाको ठाकुरद्वारमा महाधिवेशन सुरु हुन लागेको हो ।

महाधिवेशनको उदघाटन नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पाेखरेलले अाज दिउसाे १ बजे बर्दियास्थित ठाकुरद्वारमा गर्ने कार्यक्रम तय भएको छ ।

जिल्ला–जिल्लाबाट महाधिवेशनमा भाग लिनका लागि आएका पत्रकार अहिले महाधिवेशन स्थलमा भेला भएका छन् । महाधिवेशन ४ र ५ गते चल्नेछ । करिब ४० जिल्लाका पत्रकार आवद्ध रहेको संघको महाधिवेशनमा करिब १५० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन् ।

उक्त महाधिवेशनले नयाँ नेतृत्व चयन र नीति तथा कार्यक्रमहरू तय गर्नु का साथै प्रदेश संयाेजन समिति गठन गर्ने अायाेजकले जनाएको छ ।


ताजा समाचार