Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

मेक्सिकोमा ठुलो भुकम्प, एक सयबढिकाे ज्यान गयो


असोज ४। मध्य मेक्सिकोमा ठूलो भूइँचालो आउँदा कम्तीमा १ सय बढिकाे ज्यान गएको छ । भुइँचालोले राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएको बिबिसीले समाचार लेखेको छ ।

उद्दारकर्ताहरुले मानिसहरु भग्नावशेषमा फसेका हुनसक्ने भन्दैे खोजीकार्यलाई तिव्रता दिइरहेका छन् । धेरै मानिस भग्नावेशमा फसेकाहुनाले मुत्यु हुनेको संख्या बढ्ने बताइएको छ ।

७.१ म्याग्नीच्यूडको भूकम्पले मोरेलोस, प्युब्ला र मेक्सिको राज्यमा ठुलो क्षति पुर्याएको छ । ३२ वर्ष अघि आएको ठूलो भूकम्पले हजारौं मारिएको वार्षिकोत्सवका दिन थुप्रै मानिसहरु भूकम्प आउँदा बच्ने उपायको पूर्वाभ्यास गरिरहेका बेला भूकम्प गएको थियो ।

पुर्वाभ्यासको लागि मेक्सिको सिटीको विमानस्थल केही समयका लागि बन्द गरिएको थियो र शहरभरका घरहरु खाली गराइएका थिए ।
मेक्सिको भूकम्पको खतरामा रहेको मुलुक हो । यो महिनाको शुरुमा दक्षिणतिर ८.१ म्याग्नीच्यूडको भूकम्प आउँदा नब्बेजनाको ज्यान गएको थियो । सबभन्दा पछिल्लो भूकम्पको केन्द्रबिन्दु मेक्सिको सिटीबाट १२० किलोमिटर टाढाको प्युब्ला राज्यको एटेन्सिङ्गो रहेको बिबिसीले समाचार लेखेको छ ।


ताजा समाचार