Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

आयल निगमका प्रमुख गोपाल खड्का बर्खास्त

 

असोज २, काठमाण्डौ । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कार्यकारी निर्देशक खड्कालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

विभिन्न संसदिय समितिको सिफरिसका साथै अनियमिताको केही प्रमान भेटिएको र विभागिय मन्त्रिलाई समेत अटेर गरेको भेटिएपछि खड्कालाई पदच्युत गर्ने निर्णय गरीएको सुचना तथा सन्चारमन्त्रि मोहन बहादुर बस्नेतले जानकारी दिनु भयो ।

इन्धन भण्डारणका लागि झापा, चितवन लगायतका जिल्लामा जग्गा खरिद गर्दा भ्रष्टचार गरेको संसदीय समिति र आपुर्ति मन्त्रालय अन्तर्गतको छानविन समितिले ठहर गरेकपछि आपुर्ति मन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने प्रस्ताव मन्त्रीपरिषदमा पेश गर्नु भएको थियो ।

कार्याकारी निर्देशक खड्कालाई बर्खास्त गर्न चौतर्फी दवाव आएपछि सरकारले अन्ततः पदच्युत गरेको हो ।

 


ताजा समाचार