Loading... आजः मङ्लबार, असार ८, २०७८

नेपाली सेनाद्वारा बृद्धबृद्धालाई खाद्यान्न सामग्रि हस्तान्तरण

असौज २, जारकोट ।  जिल्लाम रहेको एक मात्र बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई नेपाली सेनाले खाद्यन्न, लत्ताकपडा हस्तान्तरण गरेको छ ।

श्री शिव शान्ति भक्तिज्ञान वैराग्य बृद्धाश्रम केन्द्रमा ज्वालादल गणले आज ९सोमबार० एक कार्यक्रमको आयोजना गरि उक्त केन्द्रमा बस्ने बृद्धबृद्धाहरुलाई ज्वालादल गणमा कार्यरत नेपाली सेनाहरुले लत्ताकपडा हस्तान्तरण गरेको हो ।

ज्वालादल गणमा कार्यरत नेपाली सेनाले नगद एक हजार रुपैयाँ, लत्ताकपडा, खाद्यन्न नुन, तेल, चामल, चिनी र फलफूल हस्तान्तरण गरेको ज्वालादल गणका गणपति शलेन्द्र कोईरालाले जानकारी दिए ।

वर्षा याम सकिए लगत्तै जाडो मौषमको सुरुवात हुने भएकोले त्यो मौषममा बृद्धबृद्धाहरुलाई खानपिन, लत्ताकपडाको कमी हुने र जाडोका कारण कठ्याङ्ग्रिएर ज्यानै जाने समस्याका कारण बेलैमा लत्ताकपडा र खाद्यन्न सामाग्री हस्तानतरण गरिएको ज्वालादल गण जाजरकोटले जनाएको छ ।


श्री शिव शान्ति भक्ति ज्ञान वैराग्य बृद्धाश्रम केन्द्र सदरमुकाम खलंगामा २०६२ सालमा स्थापना गरिएको श्री शिव शान्ति भक्ति ज्ञान वैराग्य बृद्धाश्रम सतसंगत परिवारका अध्यक्ष चक्रबहादुर चन्दले बताए । श्री शिव शान्ति भक्ति ज्ञान वैराग्य बृद्धाश्रम केन्द्र स्थापना भएको झण्डै नौ वर्ष वितिसक्दा पनि राम्रो व्यवस्थापन नभएको अध्यक्ष चन्द बताउँछन् ।


स्थापना भएको केही वर्षसम्म बृद्धाबृद्धा बस्ने गरेतापनि हाल भने एक जोडी बृद्धाबृद्धा बस्दै आएका छन् । उनीहरुको पनि उचित व्यवस्थापन नभएको श्री शिव शान्ति भक्ति ज्ञान वैराग्य बृद्धाश्रम केन्द्रले बताएको छ ।

 

 


ताजा समाचार