Loading... आजः बुधबार, कार्तिक ५, २०७७

नेपाल एसिया कप क्रिकेटमा छनौट


जाजरकोट । नेपाल उन्नाइस बर्षमुनिको एसिया कप क्रिकेटका लागि छनौट भएको छ । घरेलु टोली मलेसियालाई १० विकेटले हराउदै नेपाल एसिया कप क्रिकेटमा छनौट भएको हो । एसिया कपका लागि छनोट सँगै यस प्रतियोगिताको फाइनलमा समेत प्रवेश गरेको छ ।

मलेसियाले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य नेपालले २३ ओभरमा विना विकेटको क्षतिमा महत्वपुर्ण जित निकालेको हो । ओपनरहरु सन्दिप सुनार र आशिफ शेखले अर्धसतक बनाउँदै यो जित दिलाएका हुन् ।


विना विकेटको क्षतिमा नेपालका दुई ओपनर व्याट्सम्यानको उत्कृष्ट प्रदर्शनमा नेपालले २३ ओभर १ बलमा १ सय २५ रन बनाइ जित दिलाएको हो । सन्दिपले ७७ बलमा ८ चौका ठोके भने आशिफले ६५ बलमा ८ चौका र एक छक्का सहित अर्धसतक बनाएका हुन ।


ताजा समाचार