Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

समूह विजेता बन्दै नेपाल सेमीफाइनलमा

भदौ २९ । सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।
प्रतियोगितामा लगातार ३ खेल जित्दै नेपाल समुह ‘ए’ को बिजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा थाईल्याण्डलाई २५५ रनले, दोश्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको थियो ।

नेपालले सेमीफाइनलमा शनिबार समुह ‘बि’ को उपबिजेतासंग खेल्नेछ । मलेसिया र हंगकंग बीचको खेलको उपबिजेतासंग नेपालले खेल्नेछ । सिंगापुरले दिएको ६८ रनको लक्ष नेपालले १३.४ ओभरमै पुरा गर्दै सहज जित हात पार्यो ।
नेपालको लागि सुमित महर्जनले अविजित १० र सन्दिप जोराले अविजित ७ रन बनाउदै जित सम्म पुर्याएका थिए । ओपनर सन्दिप सुनारले २०, आसिफ शेखले ६ तथा अनिल शाहले १८ रन बनाएर विकेट गुमाएका थिए । मलेसियन बलर अभि दीक्षितले २ विकेट र अंश भार्गबले १ विकेट हात पारेका थिए ।

पवन सर्राफले  ६ विकेट हात पारे
खेलमा टस जितेर ब्याटिंग गरेको सिंगापुरलाई नेपालले ६७ रनमै अलआउट गरेको थियो । नेपालको लागि अफ स्पिनर पवन सर्राफले उत्कृस्ट बलिंग गर्दै ६ विकेट हात पारे । उनले ८ ओभर बलिंग गर्दै ४ मेडन ओभर सहित १२ रन खर्चिएका थिए । यस्तै ओपनिंग बलर किशोर महतोले २ सुरुवाती विकेट हात पारेका थिए । दिपेन्द्र ऐरी र सन्दिप लामिछानेले १-१ विकेट आफ्नो नाम गरे ।

सिंगापुर ब्याट्सम्यान सिद्धान्त र अर्यमान उचिलले समान २०र२० रन योगदान दिएका थिए । उचिलले २ छक्का समेत प्रहार गरे भने सिद्धान्तले १ छक्का र १ चौका प्रहार गरेका थिए ।


ताजा समाचार