Loading... आजः बिहिबार, जेष्ठ १८, २०८०
Trending

‘दुई रुपैयाँ’ चलचित्र दुई रुपैयाँ’ मै हेर्ने माैका

काठमाडौं । गएको शुक्रबार देखि नेपालि सिनेमा ‘दुई रुपैयाँ’ देशभरिका हलमा रिलिज भएकाे छ । चलचित्र ‘दुई रुपैयाँ’ लाइ दर्शक्ले खुबै मन पराएका छन  ।  रिलिज हुनुअघि नै सिनेमामा भएको गीत ‘कुटुमा कुटु’ले सिनेमाको चर्चा बढाएको थियो ।

‘कुटुमा कुटु’ गीतले युट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली सिनेमाको गीतको रेकर्ड पनि राखेको छ । गीतजस्तै सिनेमालाई पनि दर्शकको माया मिलेको छ । असिम शाहको निर्देशनमा बनेको सिनेमा ‘दुई रुपैयाँ’ले शुरुवाती चार दिनमा राम्रो कारोबार गरेको छ ।

शुरुवाती दुईदिनमै दुई करोड रुपैयाँभन्दा माथिको कारोबार गरेको यस सिनेमाले त्यस पछिका दुई दिनमा पनि राम्रो व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

सिनेमाको सफल कारोबारकै कारण दर्शकलाई अझै सिने प्रेमी बनाउन र सिनेमा प्रति आकर्षित गर्न यस सिनेमाका निर्माताहरुले एउटा स्किम लिएर आएका छन् ।  नाम जस्तै ‘दुई रुपैयाँ’लाई दर्शकले ‘दुई रुपैयाँ’मै हेर्न पाउने भएका छन् ।

यहि बिहीबार क्युएफएक्स कुमारी हल कमलपोखरीमा भाग्यशाली १ सय दर्शकले दुई रुपैयाँमा सिनेमा ‘दुई रुपैयाँ’ हेर्न पाउने छन् । २९ गते बिहीबार बिहान ११ बजेको शोमा भाग्यशाली १ सय दर्शकले यो मौका पाउनेछन् । तपाईँ पनि यसको भाग्यशाली दर्शक बन्न सक्नुहुनेछ ।

यस सिनेमामा निश्चल बस्नेत, आशिफ शाह, मेनका प्रधान, बुद्धि तामाङ उर्फ हैट, रबिन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका छ । अभिनेत्री स्वस्तीमा खड्का यस सिनेमामा विशेष भूमिकामा छिन् ।

उज्यालाे अनलाइनबाट  


ताजा समाचार