Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

मुलुकबिरुद्ध संगठित आक्रमण भइरहेकोले संगठित रुपमै प्रतिवाद गरौं : एमाले अध्यक्ष अाेलि

भदौ २६,  काठमाडौं

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमाथि संगठित रुपमा आक्रमण भइरहेको कारण सवै मिलेर संगठित रुपमै सामना गर्नुपर्ने बताउनु भएको छ । केन्द्रीय कार्यलय धुम्बाराहीमा नेपाल पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीलाई एमालेमा विलय गराउने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको राष्ट्रियतामाथि संगठित रुपमा नै आक्रमण भईरहेको बताउनु भएको हो ।

विभिन्न प्रक्रियाबाट आएपनि राष्ट्रिय हित, एकता, राष्ट्रिय गरिमा, पारदर्शी स्वच्छ पद्धती, समृद्ध नेपाल कसरी बनाउन सकिन्छ, त्यसमा सबै संगठित हौऔं, देशमाथि संगठित रुपमा आक्रमण भइरहेको छ, जुनसुकै दलका वा जुनसुकै दलमा भएपनि त्यो कामको संगठित रुपमै प्रतिवाद गरौं, सामना गरौं

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले जुनसुकै पार्टी वा दलमा भएपनि संगठित रुपमा आक्रमणको खुलेर प्रतिवाद गर्न अपिल गर्नुभयो ।
‘विभिन्न प्रक्रियाबाट आएपनि राष्ट्रिय हित, एकता, राष्ट्रिय गरिमा, पारदर्शी स्वच्छ पद्धती, समृद्ध नेपाल कसरी बनाउन सकिन्छ, त्यसमा सबै संगठित हौऔं,’ ओलीले भन्नुभयो, ‘देशमाथि संगठित रुपमा आक्रमण भइरहेको छ, जुनसुकै दलका वा जुनसुकै दलमा भएपनि त्यो कामको संगठित रुपमै प्रतिवाद गरौं, सामना गरौं ।’

आलु गाँजरको भाउ बढेको बढयै छ, आजकाल मन्त्रीको भाउ घटेको घट्यै छ, जेमा भाउ घटनुपर्ने नघट्ने, जेमा बृद्धि हुनुपर्ने हो त्यसमा चाँही घट्नु दुभाग्यपूर्ण हो

अध्यक्ष ओलीले देश, जनता, राष्ट्रिय एकता, लोकतान्त्रिक आचारण, सुशासन, भष्ट्रचार नियन्त्रण र स्वच्छ समाज निर्माण गर्ने कुरा एमालेले कहिले बेइमानी नगर्ने प्रष्ट पार्नुभयो । नेकपा एमाले सबैलाई समान अवसर दिने पार्टी भएकाले यसमा नातावाद र कृपावाद नहुने भन्दै सबै नेता कार्यकर्तालाई दिल खोलेर आफ्ना कुरा पार्टीमा राख्न समेत उहाले आव्हान गर्नुभयो ।

अध्यक्ष ओलीले मन्त्रिमण्डल विस्तार गरी जम्बो बनाएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । ‘आलु गाँजरको भाउ बढेको बढयै छ, आजकाल मन्त्रीको भाउ घटेको घट्यै छ, जेमा भाउ घटनुपर्ने नघट्ने, जेमा बृद्धि हुनुपर्ने हो त्यसमा चाँही घट्नु दुभाग्यपूर्ण हो,’ ओलीले भन्नुभयो ।

कार्यक्रममा पूर्वराष्ट्र सेवक पार्टीमा १३ जना संस्थापक सदस्य, ८ जना संरक्षक, बरिष्ठ नेता, बरिष्ठ सल्लाहकार र प्रवक्ता प्रवेश गरेका थिए । सो पार्टीको ७५ वटै जिल्लामै संगठन रहेको छ । सवै संगठन आजबाट एमालेमा बिलय भएको हो ।

जनताटाइमसबाट


ताजा समाचार