Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

मेक्सिकोमा ८.१ रेक्टर महाभुकम्प, सुनामीको चेतावनी, दुई जनाको मृत्यु

काठमाडौ । मेक्सिकोमा ८ दशमलव १ रेक्टर स्केलको महाभुकम्प गएको छ । महाभुकम्प गएसगै सूनामीको चेतावनी जारी गरिएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण विभागका अनुसार भुकम्पको केन्द्र पिजिजियापन शहरबाट ८७ किलोमिटर दक्षिण पश्चिम टाढा जमिन भन्दा ७० किलोमीटर तल रहेको उल्लेख गरेको छ ।

मेक्सिकोसगै गुआटेमाला, एल सेल्वाडोर, कोस्टा रिका, निकारागुआ, पनामा र होण्डुरसमा समेत सुनामीको चेतावनी जारी गरिएको छ । मेक्सिको सिटीमा भुकम्पको ठुलो झड्काका कारण घरहरु हल्लिएका थिए भने मानिसहरुको भागदौड मच्चिएको थियो । प्रारम्भिक समचार अनुसार अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने केही घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ । यद्यपी अहिलेसम्म कुनै पनि हताहतिको खवर नआएको बताइएको छ । त्यसैगरी उद्वारका लागि पनि ठूलो सख््याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ ।

जनताटाइम्सबाट 


ताजा समाचार