Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

हंगकंगबिरुद्द खेल्ने १८ सदस्यीय नेपाली टिमको घोषणा

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैठौं चरणको हंगकंग बिरुद्ध हुने खेलको लागि १८ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ । प्रतियोगिता अक्टोबर महिनाको १३ र १५ तारिखमा हंगकंगको घरेलु मैदानमा हुने छ ।प्रतियोगिताको महत्त्वपूर्ण खेलको लागि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीहरु बाट उनीहरुको प्रदर्शनको आधारमा उत्कृस्ट १८ जना छनोटमा परेका हुन् ।

घोषणा गरिएको टिमको कप्तानी पारस खड्का ले गर्ने छन्। अन्य सदस्यहरुमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, बसन्त रेग्मी, मेहबुब आलम, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, जितेन्द्र मुखिया, सुशील कँडेल, कुशल भुर्तेल, ललित भण्डारी, सुशन भारी, नरेश बुढाएर, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने रहेका छन् । घोषणा गरिएको १८ सदस्यीय टोलीबाट केहि दिनमै अभ्यास खेलहरुको प्रदर्शनको आधारमा १४ सदस्य टोलि र बाँकी ४ जना बैकल्पिक खेलाडीहरु छानिनेछ ।

बन्द प्रशिक्षणमा रहेका शक्ति गौचनले पायल्सको समस्याको कारण र विकेट-किपर ब्याट्सम्यान दिलिप नाथले ढाडको समस्या देखाउदै नाम फिर्ता लिएका थिए । त्यस्तै बन्द प्रशिक्षणमा रहेका सौरभ खनाल, बिक्रम सोब, हसिम अन्सारी, सुनिल धमला, अभिनास कर्ण र शक्ति गौचनको स्थानमा बोलाईएका शाहब आलमले अन्तिम १८ मा स्थान बनाउन सकेनन् । केहि दिन अगाडि हंगकंगले पनि नेपाल बिरुद्ध खेल्ने आफ्नो १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । नेपाली क्रिकेट टिम अभ्यासको सेप्टेम्बरको बीचमा लागि भारत जाने कार्यक्रम रहेको छ । श्रोतका अनुसार टिमले यसपालि चेन्नाई जाने योजना बनाएको भए पनि अन्तिम निर्णय भए आएको छैन ।


ताजा समाचार