Loading... आजः सोमवार, कार्तिक १०, २०७७

प्रदेश नम्वर २ का १३६ तहमै उत्साहजनक रुपमा मनोनयन दर्ता

 

काठमाडौ। आगामी असोज दुई गते हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर २ अन्र्तगतका आठै जिल्लामा आज उम्मेदवारी मनोनयन दर्ता भएको छ । एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा शान्तिपूर्ण तवरमा मनोनय दर्ता सकिएको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगले १ सय ३६ स्थानीय तहमा हुने निर्वाचनका लागि बिहान १० बजे देखि साँझ ५ बजेसम्म उम्मेदवार मनोनयनको समय छुट्याएको थियो । विभिन्न दलसहित स्वतन्त्र उम्मेदवारले पनि आफ्नो मनोनयन दर्ता गरेका छन् । रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा भने दलका प्रतिनिधिबीच मनोनयन दर्ताका क्रममा झडप भएको थियो । यस्तै चन्द्रनिगाहपुर नगरपालिकामा सबै दलले नै उम्मेदवारी दर्ता गर्न जाँदा जुलुसमा बालबालिका प्रयोग गरेका छन । साँझ ५ बजेभित्र मनोनयन दर्ता गराएका उम्मेदवारको आजै साढे ५ बजे आयोगले मनोनयन सूची प्रकाशन गरेको छ ।

भोली बिहान १० देखि १ बजेसम्म उम्मेदवारमाथि दावीविरोधको उजुरी दिने समय छुट्याएको आयोगले राती साढे ११ बजेसम्म मनोनयन माथि जाँच गर्ने छ । शुक्रबार बिहान साढे ११ देखि १ बजेसम्म मनोनयनमा परेका उम्मेदवारको नाम प्रकाशन गर्ने र सोही दिन साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छुट्याइएको आयोगले जनाएको छ । शनिबार १० देखि ११ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले सोही दिन ११ देखि साँझ ५ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।

जनता टाइम्सबाट 


ताजा समाचार