Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

एएफसी एसियन कप छनौट : नेपाल ताजिकिस्तानसग २ – १ गोलले पराजित

काठमाडौ । एएफसी एसियन कप छनौटको खेलमा नेपाल ताजिकिस्तानसग पराजित भएको छ । निक्कै प्रतिष्पर्धात्मक खेलमा नेपाल दुई विरुद्ध एक गोलले पराजित भएको हो । सातदोवाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा सम्हालिएर खेल्न नसक्दा ३० मिनेटमै दुई गोल खाएको थियो । खेलको २४ औं मिनेटमा ताजिकिस्तानले अग्रता लिएको थियो । उमरवेभले प्रहार गरेको कर्नन किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गरेका हुन् ।

पहिलो गोल खाएको ५ मिनेटमै नेपालले दोस्रो गोल खाएको थियो । नेपालका गोलकिपर किरण चेम्जोङले राम्रोसग बल समात्न नसक्दा अनमार्कमा रहेका भासिव दिल्सोभले गोल गरेका थिए । दुई शुन्यले पछि परेको नेपाल त्यसपछि पहिलो हाफमा दवावमा खेलेको थियो । तर, प्रशिक्षक ग्योतुकी कोजीले पहिलो हाफको अन्त्यमा विमल घर्तिमगरलाई मैदान छिराएपछि नेपाल केही लयमा फर्किएको थियो । खेलको ६१ औं मिनेटमा तिनै विमलले नेपालका तर्फबाट गोल फर्काएका थिए । अन्जन विष्टको पासमा विमलले गोल गरेका हुन् । यो गोलसगै विमलको अन्तराष्ट्रिय खेलमा गोल संख्या ६ पुगेको छ ।

एक गोल फर्काएपछि नेपाल खेलमा फर्किने संकेत गरेको थियो । तर, आपसी तालमेत नमिल्दा कति अवसर सदुपयोग गर्न सकेन । नेपालका तर्फबाट जर्ज प्रिन्स कार्कीले डेब्यु समेत गरेका छन् । उनि ६३ औं मिनेटमा विशाल राईको ठाउमा मैदान प्रवेश गरेका थिए । खेलमा ताजिकिस्तानले केही राम्रा अवसरहरु निकालेपनि किपर चेम्जोङले विफल बनाएका थिए । हारसगै नेपाल समुह एफ को पुछारमा रहेको छ । यसअघि यमनसग पराजित नेपालको यो दोस्रो हार हो । एसियन छनोटमा अहिलेसम्म खेलेका २९ खेल मध्ये नेपालले दुई खेलमा मात्रै जित निकाल्न सकेको छ ।

जनता टाइम्सबाट 

 

 


ताजा समाचार