Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

उत्तर कोरिया घाँस खान तयार हुन्छ तर बम परीक्षण छाड्दैन : पुटिन

 

 

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उत्तर कोरियामाथि थप प्रतिवन्ध लगाउनु बेकार हुने टिप्पणी गर्नुभएको छ । उत्तर कोरियाले बम परिक्षण गरेपछि अमेरिका लगायत देशले उसमाथि कारवाही गर्ने तथा प्रतिवन्ध लगाउने चेतावनी दिइरहेका बेला रुसी राष्ट्रपति पुटिनले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

पुटिनले उत्तर कोरिया घाँस खान तयार हुने तर आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने बताउनुभयो । पुटिनले उसमाथि सैन्य कारवाही गर्दा विश्वव्यापी रुपमा समस्या आउने भन्दै त्यसो गर्नु पनि ठिक नहुने बताउनुभयो ।

उत्तर कोरियाको समस्या समाधानका लागि सहि कुटनीतिले मात्र काम गर्ने पुटिनको भनाइ छ । उत्तर कोरियाले पछिल्लो समय आफ्नो आणविक कार्यक्रमलाई तिब्र बनाएपछि अन्तर्राष्ट्रिय समुदाय सशंकित भएका छन् । उत्तर कोरियाले हिजो मात्र बमको सफल परिक्षण गरेको थियो ।

अनलाइनखबरबाट


ताजा समाचार