Loading... आजः शुक्रबार, असार ४, २०७८

“प्रकृतिका कुचिकार लोपोन्मुख गिद्धरुको सरक्षणमा हातेमालो गरौ”

 कोहलपुर/गिद्द प्रकृतिको अभिन्न अङ्ग भएकोले पर्यावरणीय चक्र र खाद्य शृङ्खला सन्तुलित राख्न यसको उपस्थिती सरक्षण अनिवार्य रहेको छ भन्दै नवौ अन्तरास्ट्रिय गिद्द सचेतना दिवसको अवसरमा आज गिद्द सरक्षणका लागी समुदाय सचेतमा कार्यक्रम गरिएको छ। नेपाल पन्छी सरक्षण संघको सहयोग र वातावरण तथा ग्रामीण विकास केन्द्र कोहलपुर र प्रेस चौतारी नेपालको आयोजनामा गरिएको सचेतना कार्यक्रमको अध्यक्षता प्रेस चौतारी नेपाल बाकेका अध्यक्ष हेमन्त बिक, प्रमुख अतिथी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा बाके जिल्ला इन्चार्ज भेषराज बस्नेत,बिशेष अतिथी तराई भु परिधी कार्यक्रम प्रबन्धक बुद्दी रिजाल , बिशेष अतिथी नेपाल पन्छी संघका फिल्ड अधिकृत भुपाल नेपाली र वातावरण तथा ग्रामीण विकास केन्द्र कोहलपुर बाकेका अध्यक्ष धर्मलाल रोकायको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। नौ प्रजातिका गिद्दहरु नेपालमा रहेको र नेपालमा पाइने नौ प्रजातिका गिद्धहरु मध्य चार प्रजातिका गिद्दहरु डङर गिद्द,सानो खैरो गिद्द,लामो ठुडे गिद्द र सुन गिद्द अति संकटापन्न अवस्थामा रहेको पाइएको छ।हामिले गिद्दलाई त्यती महत्व नदिएतापनी गिद्दको उपस्थिती हुनु स्वच्छ वातावरणको संकेत हो भन्दै गिद्दको जिवनचक्र,सरक्षण,महत्व, नेपालमा गिद्द सरक्षण कार्यक्रम, नेपालमा गिद्दको सुरक्षित क्षेत्रको अवधारणा ,नेपालमा गिद्द सरक्षणका लागी गरिएका पहलहरु र चुनौतिका बारेमा नेपाल पन्छी सरक्षण संघका फिल्ड अधिकृत भुपाल नेपालीले कार्यक्रमको सहजिकरण गर्दै गिद्दको महत्व यसको सरक्षणबाट हुने फाइदाको बारेमा आफ्नो धारणा राख्दै कार्यक्रमको उदेश्य प्रष्ट पारेका थिए।यसै गरि कार्यक्रममा बोल्दै प्रमुख अतिथी भेषराज बस्नेतले गिद्दको महत्व हामिले नबुझेर आज सम्म गिद्दलाई वेवास्था गर्दै आएको र अबका दिनहरुमा यसको खोजिनिती र सरक्षणको बारेमा लेख्ने र सबैलाई गिद्द्को महत्व बुझाउने र स्थानिय तहबाट पनि यसको सरक्षणको लागी बजेट छुट्याउनु पर्ने र सचेतनामूलक कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो।


ताजा समाचार