Loading... आजः सोमवार, कार्तिक १०, २०७७

ताजिकिस्तानबिरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मूख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजिकिस्तानबिरुद्ध मंगलबार हुने खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।

एएफसी एसियन कप २०१९ को छनौट चरण अन्तर्गत नेपालले ताजिकिस्तानसँग आगामी मंगलबार होम म्याच खेल्नेछ । खेल एन्फा मैदान सातदोवाटोमा हुनेछ ।शनिबार घोषणा गरिएको टिममा नियमित कप्तान अनिल गुरुङ अटाएका छैनन् । राष्ट्रिय टोलीबाट ४९ क्याप जितेका अनिल ५० क्यापको कोशेढुंगाबाट नजिक छन् ।

अनिलको स्थानमा नेपाल आर्मीका स्ट्राइकर जर्ज पि्रन्स कार्कीले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन् । त्यस्तै फिलिपिन्सबिरुद्ध रातो कार्ड पाएपछि ओमानसँगको खेलमा प्रतिबन्धमा परेका मिडफिल्डर बिक्रम लामा टिममा फर्किएका छन् । आदित्य चौधरी पनि पूर्ण फिट भएका छन् ।

डिफेण्डर मानबहादुर तामाङ र गोलरक्षक एलन न्यौपाने यसपटक टिममा स्थान बनाउन असफल रहे । न्यौपानेको स्थानमा बिशाल श्रेष्ठ टिममा समावेश छन् ।


ताजा समाचार