Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

संसदको निर्णय भारतमा गएर सच्याउछु भन्ने प्रमले नैतिकता भए राजीनामा दिनुपर्छः ओली

चितवन। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको हैसियत प्रयोग गरेर सरकारले भष्ट्रचार गरेको आरोप लगाउनु भएको छ ।

प्रेस चौतारी चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले राज्यशक्तिको दुरुपयोग र संरक्षणमा भ्रष्टाचारीको संरक्षण भैरहेको बताउनुभयो । भ्रष्टाचारको विरुद्धमा एमालेले पटक–पटक संसदमा आवाज उठाउदै आएको भन्दै ओलीले एमाले एक्लैको प्रयासले भ्रष्टाचार नियन्त्रण सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– भ्रष्टचार रोक्ने राज्यले हो, नागरिकले होइन, एमाले सबै ठाउँमा लडेकाले एकै ठाँउमा केन्द्रित नभएजस्तो देखिएको हो ।’

ओलीले प्रदेश नम्वर २ को निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभयो । यसअघिका निर्वाचनले एमाले पहिलो पार्टी बन्छ, भन्नेकुरा भनिरहनु नपर्ने ओलीको भनाई छ ।

संसदबाट चुनिएका प्रधानमन्त्रीले भारतमा गएर सार्वभौम संसदको निर्णय फेरि सच्याउछु भन्नु हास्यास्पद भएको ओलीले टिप्पणी गर्नुभयो । संसदको दुई दिन अघिको निर्णयलाई विदेशमा गएर सच्याउछु भन्ने प्रधानमन्त्रीले राजीनामा दिनु उचित हुने ओलीले बताउनुभयो ।

सरकारलाई अरुको झुम्का जोडेर बनाएको पुतलीको संज्ञा दिँदै ओलीले धेरै फुर्ती नगर्न आग्रह गर्नुभयो । उहाँले २ महिनापछि एमाले सरकारमा जाने दावी गर्नुभयो ।


ताजा समाचार