Loading... आजः शुक्रबार, अशोज १, २०७८

दोक्लाम विवाद अन्त्यतिर उन्मुख भएको भारतीय संकेत

काठमाडौं । चीन-भुटान सीमाको दोक्लाममा जारी तनाव अन्त्यतिर उन्मुख भएको भारतले बताएको छ ।

भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । ‘दोक्लाममा भएको घटनालाई लिएर पछिल्ला साताहरुमा भारत र चीनले कूटनीतिक संवादलाई कायम राखेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘ती संवादहरुमा हामीले हाम्रा बिचार व्यक्त गरेका छौं । र, हाम्रो चासो र स्वार्थ पनि सम्प्रेषित गरेका छौं ।’

दुईबुँदे विज्ञप्तिको दोस्रो बुँदामा भनिएको छ, ‘कूटनीतिक संवादहरुमा दोक्लामस्थित तनावपूर्ण क्षेत्रमा रहेको सीमावर्ती सैनिक गतिविधिबाट द्रुततर रुपमा छुटकारा पाउनेबारे चीनसँग समझदारी कायम भएको छ । र, उक्त विषयलाई लिएर थप संवादहरु जारी छन् ।’

 


ताजा समाचार