Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

१९ वर्षमुनिको एसियाली क्रिकेटका लागि नेपाली टोलीको घोषणा, को को परे ?

भदौ ११, काठमाडौं

मलेसियामा आउँदो सेप्टेम्बरमा हुने १९ वर्षमुनिको एसियाली क्रिकेट (पूर्वी क्षेत्र) का लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोदकुमार दास रहेको छनौट समितिले प्रारम्भिक टोलीमा परेका खेलाडीबाट अन्तिम टोली घोषणा गरेको हो ।

आउँदो सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुने प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा चार वैकल्पिकसहित १८ सदस्यीय अन्तिम टोली घोषणा भएको हो ।

टोलीमा को को परे ?

  • १) दिपेन्द्रसिंह ऐरी (कप्तान)
  • २) सन्दिप लामिछाने
  • ३) मोहम्मद असिफ शेख
  • ४) सन्दिप सुनार
  • ५) प्रनित थापा मगर
  • ६) पवन सराफ
  • ७) अनिलकुमार साह
  • ८) रोहितकुमार पौडेल
  • ९) किशोर महतो
  • १०) शाहब आलम
  • ११) नन्दन यादव
  • १२) बिक्रमकुमार भुषाल
  • १३) सन्दिप जोरा
  • १४) सुमित महर्जन

वैकल्पिक खेलाडी

  • १) कमल सिंह ऐरी
  • २) ललित नारायण राजवंशी
  • ३) प्रकाश केसी
  • ४) रिजन ढकाल

प्रतियोगिताका लागि प्रारम्भिक टोलीमा परेका खेलाडीको बन्द प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरिएको हो । नेपाली टोली आउँदो सेप्टेम्बर ८ मा मलेसिया प्रस्थान गर्नेछ ।

आठ देश सहभागी रहने प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपाल रहेको समूहमा सिंगापुर, थाइल्याण्ड र भुटान छन् । यस्तै समूह बी मा आयोजक मलेसियासहित हङकङ, चीन र म्यानमार छन् ।

प्रतियोगिताको टाइ सिट सार्वजनिक भएको छ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली १९ वर्षमुनिको एसिसी एसिया कप क्रिकेटका लागि छनौट हुनेछन् ।

उज्यालोअनलाइन बाट


ताजा समाचार