Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

पहिरोले अबरुद्द सडक नगरप्रमुख घर्तीको पहलमा सुचारु

 जाजरकोट । पहिरोको कारण जाजरकोट डोल्पा सडक खण्डको खलंगा रिम्ना  अवरुद्ध भएसँगै सडक सुचारु भएको छ ।
भेरी  नगरपालिका का नगर प्रमुख चन्द्रप्रकाश घर्ती काे पहल मा कालेगाउ हुदै फुलबारी पासाङ खाेला सम्म २ वटा जेसिभि सञ्चालन सहित भेरि नगरपालिका का प्रमुख चन्द्रप्रकाश घर्ती वडा न ३ का वडा अध्यक्ष सचिवालय सचिव माेति वलि लगायतको सक्रिय सहभागितामा उक्त सडक सुचारु गरिएको थियोे ।
। केही दिन पहिला देखि अाएकाे अबिरल बर्षा का कारणले उक्त स्थानमा पहिरो गएको हाे ।घरको डिलैबाट पहिरो गएपछि सदरमुकाम खलंगाका दर्जन बढी घर उच्च जोखिममा परेका छन् ।

भेरी नगरपालिका ३ थाप्लेस्थित भिरालो भित्तामा जमिन काटेर ठूलठूला पक्की घर निर्माण गरिएको, उक्त घर निर्माण गर्दा भित्ता काट्ने क्रममा आएको माटो जथाभावी फालिएको, सोही ठाँउबाट मोटर बाटो काटिएको, बाटो मुनि शौचालयका सेफ्टी टयाँकी निर्माण गरिएको बाथरुमको पानी समेत जथाभावी फाल्दा पहिरो गएको हुनसक्ने अनुमानि गरिएको छ ।

पहिरोले बाटो बगाएपछि खलंगा रिम्ना जाने यातायात सेवा अवरुद्ध भएको छ । पानी पर्ने बित्तिकै थप पहिरो जान सक्ने अवस्था भएकोले स्थानीय निकै चिन्तित भएका छन् ।


पानी परेपछि जति बेला पनि जमिन बग्न सक्छ स्थानीय शान्तबहादुर शाहीले भने, हामी निकै चिन्तित छौ। पहिरो रोकथाम गरी मोटर बाटो सुचार गर्न र बस्ती सुरक्षित राख्न कम्तिमा ८ करोड रुपैँयाँ लाग्ने भेरि नगरपालिका का ईन्जिनियर को भनाई छ ।
हाल पहिरोको कारणले यतायातका साधन ठप्प भयसँगै अावत जावत मा समस्या देखिएको हाे ।
साथै नगर प्रमुख घर्ती ले जाजरकोटि जनताले दुख पाएकाले अाफुले ब्यक्तिगत तथा भेरि नगरपालिका काे तर्फबाट अाफुले त्तकाल उक्त बाटो सुचारू गराउन दिन भरि अाफु साेयम खटेर काम सफल गरेको नगर प्रमुख घर्ती ले जानकारी दिनुभयो ।
उक्त सडकमा भाेलि देखि बस ट्रक जीव लगायतका यातायातका साधन समेत सुचारु भई जाजरकोटका पृर्बि क्षेत्रका हजारौं यात्रुले सेवा लिने समेत जानकारी दिनुभयो ।
पहिरोको उच्चजोखिमा परेका र पहिरोको अासपास मा रहेका परिवारलाई राति काे समयमा सचेत रहन समेत नगर प्रमुख घर्ती आग्रह गरेको छन।


ताजा समाचार