Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

बन्द भएको ‘जिरे खुर्सानी’ आउने, ‘मुन्द्रे’ले निर्देशन गर्ने

काठमाडौं । कुनै समय नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय हाँस्य हाँस्यश्रृखला ‘जिरे खुर्सानी’ पुनः प्रसारण हुने भएको छ । श्रृंखला परिस्कृत र नयाँ शैलीमा आउन लागेको हो ।

श्रृंखलाको केही दिन अगाडि टाइटल गीत छायाँकन गरिएको छ । टाइटल गीतमा हाँस्यकलाकार जितु नेपाल, राजाराम पौडेल, निरज नेपाल र कार्टुञ्ज क्रुका सरोज अधिकारीले अभिनय गरेका छन् ।

जितु नेपालकै निर्देशनमा श्रृंखला बन्न लागेको हो । पहिलेको श्रृंखला पनि जितुले नै निर्देशन गरेका थिए । श्रृंखलाको पुरानै गीतलाई अहिले नयाँ शैलीमा बनाइएको छ । टंक बुढाथोकीको संगीत र जितु नेपाल र टंकको स्वर गीतमा रहेको छ ।

जितु अहिले अुम्बु अवार्डका लागि अमेरिकामा छन् । उनी स्वदेश फर्किएपछि श्रृंखलाको सुटिङ सुरु हुनेछ ।

दैनिक नेपाल बाट


ताजा समाचार