Loading... आजः शनिबार, कार्तिक ८, २०७७

सौगतले प्रियंकालाई भने आई एम भेरी सरी

भदौ ११, काठमाण्डौ
सौगात मल्लले प्रियंका कार्र्कीलाई फकाउन हरदम प्रयास गरेका छन । सौगातले कमेडीमार्फत प्रियंकालाई फकाउने प्रयास गरेका छन । कलेज जाँदै गरेकी प्रियंकालाई बाटोमा सताउँदै फर्काउने प्रयास गर्दछन ।
सौगातले आफ्ना साथीहरु लिएर बारीमा कन्सर्ट पनि गर्दछन । उनको कन्सर्ट भने कुनै बाजागाजासहितको हुँदैन । आफ्ना साथीहरुसँग मकै बारीमा बाल्टीलाई ड्रम, मुलालाई माइकको रुपमा प्रयोग गरेर प्रियंकालाई फकाउने प्रयास गर्दछन ।
तर सौगात मल्लले साँच्चिकै प्रियंका कार्कीलाई सताएका भने होइनन् । उनले आउँदो चलचित्र फाटेको जुत्ताको नयाँ गीत ‘आइ एम सरी’ मा मात्रै प्रियंका कार्कीलाई सताएकी हुन । युट्युबमा शुक्रबार सार्वजनिक भएको यो गीतको भिडियो तीन लाख पटकभन्दा बढी हेरिएको छ ।
निकेश खड्काले निर्देशन गरेको चलचित्र फाटेको जुत्ता आउँदो कार्तिक १७ गते सार्वजनिक हुँदैछ । कमेडी विधाको चलचित्र फाटेको जुत्तामा सौगात मल्ल, प्रियंका कार्की, कमलेश्वर चौरसिया, रबिन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ ।
उज्यालो अनलाइन बाट

 


ताजा समाचार