Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

चुनावको ‘आक्रामक’ तयारीमा राजपा, घोषणापत्र बनाउन ६ सदस्यीय मस्यौदा समिति गठन

भदौ ९ , काठमाडौं ।

राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ ।

यो समितिले घोषणापत्रको मस्यौदा तयार पारेर अध्यक्ष मण्डललाई बुझाउने महासचिव केशव झाले जानकारी दिनुभयो ।

समितिमा जितेन्द्र सोनाल, मनीष सूमन, केशव झा, हरेन्द्र यादव सीके सिंह, कौशेलेन्द्र मिश्रा सदस्य रहेका छन् ।

समितिले घोषणा पत्र बनाउन ५ दिनको समय पाएको छ । अध्यक्ष मण्डललाई ५ दिनभित्र घोषणापत्रको मस्यौदा बुझाई सक्नुपर्नेछ । घोषणापत्रलाई अन्तिम रुप अध्यक्ष मण्डलले दिनेछ ।


ताजा समाचार