Loading... आजः शनिबार, कार्तिक ८, २०७७

जाजरकोटका नारीहरुले विगतको तीज आँसुले, अहिलेको तीज हाँसो, खुसीले मनाए

रेशम बहादुर खड्का
भदौ ९, जाजरकोट
जाजरकोट – हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा जाजरकोटका नारीहरुले विगतका वर्षहरुमा भारी पीडा बोकेर अलिनो मनले मुटु भक्कानो पारेर परेली आँसुले भिजाउँदै तीज मनाएका थिए ।

गत वर्षको भदौ १९ गते पानी पनि नपिएर निराहार व्रत बसेकी बारेकोट गाउँपालिका ४ की १८ वर्षीय संगीता खत्री बोहराको तीजकै दिन जागोमा जलेर निधन भएको थियो । संगीताको त्यो निधनले जाजकोटका नारीहरुले पोहोर साल पीडै–पीडामा रुदै–रुदै आँसुले तीज मनाएका थिए


यो सालमा स्वर्गिय संगीता खत्री बोहराको सम्झनामा जिल्लामा कुनै तीज सम्बन्धि कार्यक्रम गर्न नसके पनि यहाँका नारीहरुले रमाईलो तरिकाले खुसीका साथ रमाउँदै हाँसि–हाँसि तीज विशेष कार्यक्रम मनाएका छन् । अन्तरपार्टी महिला सञ्जालको आयोजना र भेरी नगरपालिकाको आर्थिक सहयोगमा समदरमुकाम खलंगाको गैरीखाली स्थित यहाँका नारीहरुले तीज विशेष कार्यक्रम गरी मनाएका हुन् । तीज विशेष कार्यक्रम अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष तारा शाक्यले छम्छमी नाँचेर उद्घाटन गरेकी थिईन् ।

यसैगरी आज ९बिहीबार० सदरमुकाम खलंगाको गैरीखाली स्थित अन्तरपार्टी महिला सञ्जालले आयोजना गरेको तीज विशेष कार्यक्रममा तीज गीत तथा नृत्य प्रतियोगिता नभएपनि सबै नारीहरु जम्मा भएर तीज गीत गाएर, नाँचेर खुसीका साथ हाँसी–हाँसी रमाईलो गरेका छन् ।

आर्थिक अभावका कारण तीज विशेष कार्यक्रममा तीज गीत तथा नृत्य प्रतियोगिताको आयोजन गर्न नसकेको अन्तरपार्टी महिला सञ्जालले बताए छ । भेरी नगरपालिकाको १० हजारको आर्थिक सहयोगमा सो कार्यक्रम गरिएको अन्तरपार्टी महिला सञ्जालकी पूर्व अध्यक्ष तारा शाक्यले बताईन् । १० हजार रकमले तीज विशेष कार्यक्रमको व्यानर र साउण्ड सिस्टममा खर्च गरेको शाक्यले बताईन् ।

 

यो वर्ष यत्तिकै भएपनि आउँदा वर्षहरुमा अझ रमाईलो र खुसीका साथ तीज कार्यक्रम गरेर मनाउने शाक्यले बताएकी छिन् । यति थोरै रकममा पनि यति भव्य र शभ्य अनि खुसीका साथ हाँसी–हाँसी तीज विशेष कार्यक्रम मनाएकोमा आफू खुसी भएको भेरी नगरपालिकाका नगरप्रमुख

चन्द्रप्रकाश घर्तीले बताए।

 

 

 

 


ताजा समाचार