Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

नगरप्रमुख घर्तीको सिंचाई देखि सडक सम्म निगरानी

रेशम बहादुर खड्का
भदौ ९, जाजरकोट
जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको सिंचाई देखि सडक सम्मका विभिन्न विकास निर्माणका कार्यप्रति निगरानी बढाएका छन् । उक्त नगरपालिकाका नगरप्रमुख घर्तीले सिंचाई, सडक, विद्यालय भवन, खानेपानी, ढल निकास, शौंचालय जस्ता विकास निर्माणका योजनाहरुको स्थललगत अध्ययन, अनुगमन तथा मुल्यांकन प्रति निगरानी बढाएका हुन् ।
आर्थिक वर्ष २०७४÷०७५ लागु भएसंगै भेरी नगरपालिका माथहतमा रहेका विकास निर्माणका विभिन्न कार्यप्रति नगरप्रमुखले चासो बढाएका छन् । भेरी नगरपालिकाले बजेट विनियोजन गरेको र विनियोजित रकमबाट सञ्चालनमा रहेका सम्पूर्ण विकास निर्माणका कार्यप्रति उक्त नगरका नगरप्रमुख घर्तीले चासो बढाएको हुन् ।
नगरप्रमुख घर्तीको निगरानी र चासो बढेसंगै नगरका प्रत्येक वडामा सञ्चालनमा भईरहेका सिंचाई, सडक, विद्यालय भवन, खानेपानी, ढल निकास, शौचालय जस्ता विकास निर्माणका कार्यप्रति निर्माण व्यवसायी र उपभोक्तहरुको पनि त्यतिकै सक्रियता बढ्दै गएको नगरप्रमुख घर्तीले बताए ।
भेरी नगरपालिकाका प्रमुख घर्ती सहितको टोली भदौ २ गते ईवर सिंचाई आयोजनाको विस्तृत अध्ययन, अनुगमन गरिसकेको छ । उक्त सिंचाई आयोजना क्षेत्रीय सिंचाई निर्देशनालय सुर्खेतबाट ४९ लाख ५२ हजार ६ सय ४० लागत बराबरको योजना अध्ययन अनुगमन नगरले गरिसकेको छ । उक्त टोलीले अध्ययन अनुगमन गरेपछि तत्काल बाँकी काम कार्य सुरु भईसकेको ईवर सिंचाई आयोजना समितिका अध्यक्ष मनबीर रोकायले बताए ।
त्यस्तै बुधबार नगरप्रमुख सहितको एक टोलीले भेरी नगरपालिका १३ को सडक अनुगमन गरेको छ । उक्त टोलीले छिन्चु जाजरकोट सडक खण्ड ९म्यान रोड० देखि बरपीपलको बोट हदै झोलङ्गे पुल सम्मको ५ सय ७ मिटर बराबरको सडक निर्माण कार्यको अध्ययन अनुगमन गरेको हो । गत आर्थिक वर्ष २०७३÷०७४ मा भेरी नगरपालिकाको ९ लाख रकम बराबरको लागतमा सो सडक निर्माण गरिएको छ । तर, सो सडकको निर्माण कार्य प्रभाकारी नभएको नगरप्रमुख घर्तीले बताए । नगरप्रमुख घर्तीले सडक निर्माण प्रति असन्तुष्टी देखाएपछि पुनः त्यस सडको निर्माण कार्य प्रभावकारी बनाउँने सो सडक निर्माण समितिका अध्यक्ष प्रविन शर्माले बताए ।

त्यसैगरी भेरी नगरपालिकाको आर्थिक वर्ष २०७३÷०७४ मा विनियोजित रकमको ३ लाख बराबरको लगानीमा भेनपा १३ मा सार्वजनिक शौचालय निर्माण गरिएको थियो । उक्त सार्वसनिक शौचालयको पनि नगरको टोलीले अध्ययन अनुगमन गरेको छ । अध्ययन अनुगमन टोलीले शौचालय अहिलेसम्म प्रयोगमा आएको बताए । तर, सार्वजनिक शौचालय सार्वजनिक जग्गामा हुनुपर्ने भएकोले सो शौचालय नीजि जग्गामा भएकोले शौचालय निर्माणमा लागेको उक्त रकम भुक्तानी भएको छैन । शौचालय नगरपालिकाको नाममा जग्गा दर्ता भए उक्त रकम भुक्तानी गरिने नगरपालिकाले बताएको छ ।
बुधबार नै नगरप्रमुखको टोलीले ढल निकासको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । अनुगमनका क्रममा भेनपा ४ गैरीखाली स्थित कृष्णप्रसाद भट्टराईको घर देखि शान्ति चौतारा सम्मको एकसय मिटर बराबरको ढल निकास आयोजनाको कार्य ३७ मिटर मात्र भएको छ । २०७४ जेठ १६ गते ३ लाख रकम बराबरको ढल निकास आयोजनाको सम्झौता भएको थियो । उक्त ढल निकास आयोजना प्रभावकारी कार्य नभएकोले ८५ हजार ६ सय रुपैयाँ भुक्तानी भएको छैन । भने २ लाख १२ हजार भुक्तानी भईसकेको नगरपालिकाले जनाएको छ ।
यसरी नै दिनहुँ भेरी नगरपालिकाले विकास निर्माणका कार्य प्रति स्थलगत अध्ययन, अनुगमन र निगरानी गरिरहेको छ । निरानी गरेसंगै पछिल्लो चरणका विकास निर्माणका कार्य अगाडी बढी रहेको भेरी नगरपालिकाका नगरप्रमुख घर्तीले बताए ।

 

 

 


ताजा समाचार