Loading... आजः मङ्लबार, असार ८, २०७८

जाजरकोटका एक यूवकले मलेसियामा आत्महत्या गरे

मलेसिया: जाजरकोटका एक युवकले मलेसियामा झुण्डिएर आत्मा हत्या गरेका छन् । मलेसियाको मलका कम्पनीमा कार्यरत त्रिवेणी नलगाड नगरपालिका ४ जाजरकोटका २३ वर्षीय उपेन्द रावलले आत्मा हत्या गरेका हुन् ।

रावल मंगलबार विहान ८ बजे आफू कार्यरत कम्पनी नजिकैको कोठमा झुण्डिएर आत्मा हत्या गरेको उनी संगै कार्यरत मनोज खड्काले बताए । रावल डेढ वर्ष पहिले वैदेशिक रोजगारका लागि मलेसिया पुगेका थिए ।

उनको शव पोष्टमार्टमका लागि मलका हस्पिटलमा राखिएको छ । उनको शव नेपाल ल्याउन नेपाल एम.बी.सी. र जनप्रगतिशिल मञ्च मलेसियाले पहल गरिरहेको जनप्रगतिशिल मञ्च मलेसियाले जनाएको छ ।


ताजा समाचार