Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

कार्यालय प्रमुखको मनपरीः निमित्त नतोकेरै टाप

जाजरकोटः जाजरकोटमा एक कार्यालयका कार्यालय प्रमुख निमित्त नतोकेर हिडेपछि कार्यालयको दैनिक कामकाज ठप्प भएको छ । सिंचाई सव डिभिजन कार्यालय जाजरकोटका कार्यालय प्रमुख सिनियर डिभिजन ईन्जिनियर थलबहादुर तामाङ्गले कार्यालयमा निमित्तको जिम्मेवारी कसैलाई नदिएर जिल्ला बाहिर हिडेपछि कार्यालयको कामकाज ठप्प भएको हो ।

निमित्त कसैलाई नतोकेर हाकिम साव हिड्नु भो करीव एक महिना देखी कामकाज ठप्प छ । कार्यालय प्रमुख नुहँदा आयो हाजिर गर्यो गयो एक कर्मचारीले आफ्नो दैनिकी सुनाउँदै भने कार्यालय प्रमुखको बैठक, अन्य सरोकारवाला निकायले बोलाएको बैठक कार्यालयको प्रतिनिधित्व हुन छाडेको छ । कार्यालयवाट अन्य कार्यालयमा पठाउने चिठीपत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी कसैलाई नहुँदा सवै कामकाज ठप्प भएको नायव सुब्वा वीरबहादुर विश्वकर्माले बताए ।

उनले कहिले पनि निमित्तको जिम्मेवारी दिनुहुन्न यसरी नै अफिस चल्दै आएको छ । के गर्ने हामीले भनेर भएन उनले भने सम्बन्धित सरोकारवाला निकायलाई पनि कुनै चासो छैन । एक दर्जन बढी कर्मचारी रहेको सो कार्यालयमा आधा दर्जन कर्मचारी विदा नै नलिएर बेपत्ता भएका छन् । प्रशासनको जिम्मा पाएका नासु विश्वकर्माले हाकिम सँग सोधेर गएको भए मलाई थाह छैन विदा कसैले लिएका छैनन् ।

कार्यालय प्रमुख साउन १ गते सम्म हाजिर छन् । २ गते देखी ८ गते सम्म क्षेत्रिय सिंचाई डिभिजन कार्यालय र विभागमा अख्तियारीका लागी गएको काज स्वीकृति गराएका छन् । ९ गते देखी हाल सम्म हाजिरी रजिष्टर खाली देखिन्छ । त्यस्तै असार १४ र १५ गते कार्यालय प्रमुख तामाङ्गको हाजिरी रजिष्टरमा टिपेक्स लगाएर काज लेखिएको छ । हाजिरीमा टिपेक्स लगाउनुलाई अवैधानिक मानिन्छ ।

कार्यालयका कुनै पनि कर्मचारीले निमित्त कसैलाई नदिएको बताईरहेका बेला कार्यालय प्रमुखलाई तपाईले निमित्तको जिम्मेवारी नदिएर किन जिल्ला बाहिर जानु भएको हो भन्ने प्रश्नमा उनले कार्यालयकै सवईन्जिनियर तथा सुचना अधिकारी रामपति साहलाई निमित्त दिएको दावी गरेका छन् तर, साहले आफुलाई कुनै जानकारी नभएको बताए ।

कार्यालय प्रमुख १५ दिन भन्दा बढी कार्यालयमा अनुपस्थित हुने अवस्थामा कार्यालयका बरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिनु पर्ने निजामति सेवा नियमावलीमा उल्लेख गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले जिल्ला छोड्नु अघि स्थानिय प्रशासनमा जानकारी गराउँनु पर्नेमा लिखित जानकारी कुनै नआएको र के कति कारणले निमित्त नछोडेर जिल्ला बाहिर गएको हो सोधपुछ गरिने बताए ।


ताजा समाचार