Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

कांग्रेस समर्थकहरुलाइ मात्रै अख्तियारमा उजुरी

जाजरकोटः सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै गत वर्षको माघ ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा परेको उजुरी राजनैतिक आग्रहका आधारमा गरिएको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला नापी कार्यालय जाजरकोटमा जग्गा छुटटयाइ प्रतिवेदन दिने भनि अख्तियारले उजुरीको सक्कल प्रति पठाएपछि यस्तो पत्ता लागेको हो ।
जिल्ला सदरमुकाम खलंगा वजारका विभिन्न २१ जना व्यक्तिको नाममा किटानी गरेर दिइएको उजुरी व्यक्तिगत रिसइभी र राजनैतिक आग्रहका आधारमा दिएको सरोकारवालाहरुले वताएका छन् । उजुरी कर्ताले काँग्रेस निकट व्यक्तिहरुलाइ मात्र नाम किटानी गर्दै कारवाहिको माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा उजुरी दिएको नेपाली काँग्रस जाजरकोटका कोषाध्यक्ष तेजविक्रम शाहले वताए ।
उजुरी कर्ताले काँग्रेसका सभापति दिपकजंग शाह, पुर्व जिल्ला पन्चायत सभापति वलराम शाह काँग्रेस सचिव भुमिलाल रोकाय देखि पत्रकार महासंघको कार्यालय र अध्यक्ष भीमवहादुर सिंह, वडा न. ३का अध्यक्ष लिलावहादुर शाह, निर्माण व्यावसायी संघ जाजरकोटका सचिव दीर्घजंग सिंह, पत्रकार जनक केसी,स्थानीय व्यापारी ओमप्रकास राठौर, समाजसेवी योगसम्सेर शाह, काँग्रेस नेता कमलदीप पुन र आफु लगाएत २१ जना काँग्रेस निकट व्यक्तिहरुलाइ मात्र किटानी साथ उजुरी दिएको शाहले वताए ।
उजुरी कर्ताले व्यक्तिगत र पार्टीगत रिसइभी साँध्नलाइ आफुहरुको नाउँमा उजुरी हालेको भेरी नगरपालिका ३ स्यालाका चित्रवहादुर वलीले वताए । उनले आफनो घरवरीपरी वनाइएका घरहरुको वारेमा उजुरीकर्ताले केहि नवोलेको तर आफना विरुद्धमात्र उजुरी दिएको वताए । भेरी नगरपालिका ३ थाप्लेका रामचन्द्र ज्योतिले पनि आफु र दीर्घजंग सिंहको मात्र नाम किटानी गरेर उजुरी दिएको तर वरीपरीका कुनै पनि घरको वारेमा नवोलेकोले उजुरी पुरै दलीय आग्रह र व्यक्तिगत रिसइभी साँध्नलाइ हालिएको वताए ।
यसवारेमा राज्यका निकाय र अख्तियारले न्यायपुर्ण छानवीन गर्नुपर्छ उनले भने । उजुरी कर्ताले खलंगाको थाप्ले देखि ठाटीवजारको पुराना साँझा सम्मका काँग्रेस निकट व्यक्तिहरुका नाममा मात्र उजुरी दिएको नेपाली काँग्रेस जाजरकोटका सचिव भुमिलाल रोकायले वताए । एमाले माओवादी र राप्रपाका ठुला नेता देखि गन्यमान्यले पनि ठुला मात्रामा सार्वजनिक जग्गा तथा वन क्षेत्र अतिक्रमण गरेका छन् तर उजुरी हाम्रा समर्थकहरुलाइ मात्र दिइएको छ, उनले भने ।

केहि जग्गा दर्ता भएर थोरै जमिन मिचेकाहरुलाइ समेत उजुरी कर्ताले पुरै सार्वजनिक जमिन च्यापेको भन्दै रिसइभी साँध्नलाइ उजुरी दिएको उनले वताए । जिल्ला सदरमुकाममा वसेका मध्य ७० प्रतिसत घरहरु सार्वजनिक जग्गामा छन् तर अरु कसैको नाममा उजुरी नपर्ने हामै्र समर्थकलाइ मात्र उजुरी पर्नु रहस्यमय भएको र यसपं्रति सरोकारवाला निकायले ध्यान दिनु पर्ने उनको भनाइ छ । खलंगामा पुर्वमन्त्री देखि साँसद र अन्य ठुला व्यक्तिहरुले सार्वजनिक जग्गा च्यापेको कुरा उजुरी कर्ताले विर्सेको ठाँटीका स्थानीय ओमजंग शाहले वताए । एमालेका राप्रापा र माओवादीका मान्छेले जग्गा मिचेको नदेखिने तर काँग्रेसका मान्छेलाइ मात्रै खोजी खोजी उजुरी यो त रहस्यमय छ उनले भने । नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष भीमवहादुर सिंहले साविकको खलंगा गाविस, खिरखिरे सामुदायिक वन उपभोकता समिति, जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय र राजनैतिक दलहरुको सर्वपक्षीय निर्णयवाट पत्रकार महासंघको भवन निर्माण भएको भएपनि पत्रकारहरु प्रति व्यक्तिगत रिसइभी साध्न महासंघको भवन विरुद्ध उजुरी हालिएको वताए । सार्वजनिक जग्गा जवरजस्ती अतिक्रमण गरेको भए सन्चार मन्त्रालयको ५ लाख र साविकको जिल्ला विकास समितिले २२ लाख लगानी गरेर भवन कसरी वन्यो ? उनले प्रश्न गरे । तत्कालीन शान्ति मन्त्री सत्या पहाडीले समेत सर्वपक्षीय निर्णय हेरेर नै भवनको शिलान्यास गरेको उनले वताए ।
सार्वजनिक जग्गा अतिक्रमण गरेको भनेर आरोप लागेका अन्यले भने खलंगाको थाप्लेचौर देखि गैरीखाली शान्तिचौतारा सम्म वाटो र सार्वजनिक जग्गा मिच्नेहरु पाच सय वढी भएपनि उजुरी २१ जनालाइ मात्र पर्नु रहस्यमय भएको गुनासो गरेका छन् । उनीहरुले तल्ला थाप्लेमा अधिकांश घरहरु सार्वजनिक जग्गामा भएपनि दुइ जनालाइ मात्र उजुरी परेको, नयाँ वस्तीमा पुरै वस्ती सार्वजनिक जंग्गामा भएपनि चित्रवली र पत्रकार महासंघको नाउँमा मात्र उजुरी परेको ठाँटीमा स्याला जाने सार्वजनिक वाटो मिचेर हालिएका कुनै घरहरुको विरुद्ध उजुरी नपरेर वलराम शाह, वीरप्रकास रोकायका विरुद्ध उजुरी परेको, पुराना साँझामा पनि आधा दर्तावाल जग्गामा घर भएकाका विरुद्ध उजुर परेको तर पुरै सार्वजनिक जग्गामा घर भएकाहरुका विरुद्ध उजुरी नपरेको गुनासो गरेका छन् । तल्लो थाप्ले र नयाँ वस्तीमा पुरै सार्वजनिक जग्गामा घर हालेकाहरुका विरुद्ध पनि उजुरी नपरेको वताइएको छ । ठाँटी वजारमा नरवहादुर पुनको घरदेखि स्यालाजाने वाटोमा रहेको दीपक खत्रीको घर सम्म नक्सामा भएको पुरानो वाटो पुरै मेटेर निर्माण गरिएका दर्जन वढी घरहरुको विरुद्ध पनि उजुरी नपरेको उजुरीमा आरोपितहरुको गुनासो छ । सरकारी निकायले साँच्चिकै कारवाहि गरे खलंगामा ५ सय घरहरु कारवाहिको दायरामा आउने तर उजुरी पुर्वाग्रह राखेर हालिएको स्थानीय व्यापारी ओप्रकास राठौरले वताए । जसले उजुरी हालेको छ उसले नै सार्वजनिक जग्गा मिचेको होला उनले भने । खलंगा वजारमा पुरै दर्तावाल घर र जग्गा ५० भन्दा वढी नभएको पनि उनले वताए । उजुरीका वारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका प्रमुख जंगवहादुर डांगीले आफुहरुले छानवीन भइरहेको र कुन क्षेत्र कुन निकायले हेर्ने भनेर अनुसन्धान गरिरहेको वताए । उजुरीको विषय आफुहरुको अधिकार क्षेत्र भित्र पर्छ कि पर्दैन भनेर पनि अध्ययन भइरहेको उनले वताए । उजुरीका वारेमा सत्य तथ्य छानवीन हुने र अरुका वारेमा पनि खोजीनिती हुने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले वताए । उता भेरी नगरपालिकाका मेयर चन्द्रप्रकास घर्तीले भने सार्वजनिक जग्गामा भएकाहरुलाइ नियम वनाएर करको दायरामा ल्याउने र वजार व्यवस्थित गर्ने योजना वनाउने सोच आफुहरुको रहेको वताए ।


ताजा समाचार