Loading... आजः बुधबार, कार्तिक ५, २०७७

आगो निल्ने र दुध टाउकोमा खन्याउने अनौठो परम्परा (भिडियो)

जाजरकोटः परम्परागत संस्कृती र रीति रिवाजका दृष्टिकोणले दुर्गम जिल्ला जाजरकोट अन्य जिल्लाका भन्दा पछाडी छैन । जाजरकोटका विभिन्न समुदायमा विभिन्न पूर्णिमाको समयमा कुल देवता मान्ने प्रचलन रहदै आएको छ ।

यहाँका क्षेत्री, ठकुरी, मगर, ब्राम्हण, शुद्र लगायत विभिन्न जातजातिहरुले हिन्दु संस्कृतिमा रही विभिन्न कुल देवता मान्ने गर्छन् । जाजरकोटमा पैंकको मष्टो र मैनाको बाँचिलो देवता प्रसिद्धिको हिसाबले महत्वपुर्ण मानिन्छन् ।

https://www.youtube.com/watch?v=ek36JiuSj2g

सुख र दुःखमा आफ्ना कुल देवता प्रतिको आस्था नै जिल्लावासीको विशेषता हो । तलको भिडियोमा जेठ पूर्णिमाको अवसरमा बारेकोट ४ स्थित मैनामा मनाईने राँगा बाँचिलोको थानमा धामी नाँच नाचेको देख्न सकिन्छ ।


ताजा समाचार