Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

भेरी नगरपालिकाको बजेट ३९ करोड ९५ लाख ७ हजार

जाजरकोट: जाजरकोटको भेरी नगरापालिकाको प्रथम नगर सभाले  ३९ करोड ९५ लाख सात हजार बजेट पारित गरेको छ । आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि नगरपालिकाले वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै  ३९ करोड ९५ लाख सात हजार रकम विनियोजन गरेको हो ।

बजेटअन्तरगत आर्थिक वर्ष २०७४/०७५ का लागि विषयगत समितिको बजेट चालु तर्फ ६ करोड ८४ लाख ४९ हजार पाँच सय पारित गरेको छ भने पुँजीगत तर्फको आर्थिक विकास अन्तरगत एक करोड २ लाख ३० हजार बजेट पारित गरेको छ । त्यसैगरी सामाजिक विकास तर्फ चार करोड १८ लाख ७७ हजार ४ सय, पूर्वाधार विकास तर्फ आठ करोड ७ लाख ८५ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ दुई करोड १३ लाख ५६ हजार पाँच सय ८९ रुपैयाँ र सार्वजनिक सेवा क्षमता विकास तथा विधेयक तर्फ चार करोड ५४ लाख १७ हजार पाँच सय ११ र पुँजीगत तर्फ जम्मा ३९ करोड ९५ लाख ७ हजार रकम नगरपरिषदले पारित गरेको भेरी नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, व्यापार विकासका लागि वार्षिक बजेट, नीति तथा कार्यक्रममा नगरको सरसफाई, खानेपानी, ढल निकास, फोहर व्यवस्थापन, बजारको पहुँच विस्तार, शिक्षामा साक्षर नगरपािलका, विपन्न वर्ग र क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाईदा पुग्ने, योजना निर्माण, जलवायु परिवर्तण अनुकूलन वातावरण संरक्षण, एकघर दुई रुख अनिवार्य रोप्ने जस्ता कार्यक्रमलाई प्राथमिकता दिईएको छ ।


ताजा समाचार