Loading... आजः शनिबार, कार्तिक ६, २०७८

हाम्रो सपनासँग जोडिएका आदर्श शिक्षक

पर्वत जिल्लामा जन्मी हुर्कि दाङ जिल्लाका स्थायीवासी र जाजरकोट जिल्लालाई कर्म क्षेत्र वनाएका शिक्षक ठाकुरनाथ शर्मा आफ्नै कर्म, प्रयत्न र दायित्ववोधका कारण जाजरकोट जिल्लाको आर्दश शिक्षक वन्न पुगेका छन् । करिव १६ वर्ष अघिदेखि कालिका प्राथमिक विद्यालय गरी, डाँडागाउँको प्राथमिक तहमा अध्यापन गर्दै आएका ठाकुरनाथ शर्मा उक्त विद्यालयको तत्कालीन लथालिंग अवस्थावाट साह्रै चिन्तित बने ।

खासगरी विद्यालयको जीर्ण चार कोठे भवन, फर्निचर विहिनताको अवस्था, विद्यार्थी शिक्षकको न्यून संख्या र न्यून उपस्थिति, घेरावार, शौचालय, खेलमैदानको अपर्याप्तता, विद्यालयप्रति समुदायको अपनत्वभावको कमी जस्ता विद्यालयको पर्यावरणीय अवस्थाले उनलाई कम्ति चिन्तित वनाएन । यो लथालिंग तथा चुनौतिपूर्ण अवस्थालाई कसरी अवसरमा रुपान्तरण गरी चिटिक्कको विद्यालय वनाउने भन्ने चिन्तालाई सपनामा रुपान्तरण गर्दै उनले त्यस विद्यालयलाई कुनै समयममा एउटा असल विद्यालयको रुपमा स्थापित गरी छाड्ने प्रण र प्रतिवद्धता गरे ।

एउटा अनकन्टार दुर्गम क्षेत्रमा संचालित जर्जर विद्यालयलाई राम्रो विद्यालयमा रुपान्तरण गर्ने अठोट गरे देखि उनी विद्यालयको सुधार र विकासका दिलो ज्यान फालेर लागिपरे । विद्यालयको व्यवस्थित संचालनका लागि प्रचलित शिक्षा ऐन, नीति, नियमको कमा र पूर्ण विराम समेत नविराइ पालना गराउनु उनले आफ्नो प्रमुख दायित्व सम्झे । यसरी शिक्षा नीति नियमको पालक र प्रर्वद्धक वन्ने उनको प्रयत्नमा विभिन्न अवरोध आइ नलागेको अवस्था पनि कहाँ हो र रु उनको यस कार्यवाट शैक्षिक सुधार र विकासका वाधकहरुले शिक्षा ऐन नियमको घोडा चढेर यो हेड सरले के कस्तो सुधार गर्न सक्ला र रु भनेर कुरा पनि काटिरहे तर उनी यस प्रकारका प्रवृतिवाट निरुत्साहित र विचलित नभइ आफ्नो असल कर्मको अभियानमा उनी झन उद्धेलित भएर लागिपरे । साथै उनले पिछडिएको उक्त समुदाय र क्षेत्रको विकासको कोशेढुंगाको रुपमा उक्त विद्यालयलाई सुधार र विकास गरी छाड्ने सोचले काम गर्न थाले ।

आफ्नो यस सोच अनुरुप उनले विद्यालय विकासको आफ्नो सोच, योजना, कार्यक्रम र गतिविधिहरुलाई समुदाय र सरोकारवालाका अघि प्रखर रुपमा छलफलको विषय वनाए । हरेक निर्णयहरु सहभागितामूलक रुपमा गर्न थाले । हरेक कार्यक्रम र योजनाहरु पारदर्शि रुपमा कार्यान्वयन गर्न लागि परे । विद्यालयको विकासका लागि आफ्ना छोराछोरी, घरपरिवार र आफ्ना व्यक्तिगत समस्यालाई गौण ठाने तर, विद्यालयका हर गतिविधि र शिक्षण सिकाइको पक्षलाई उनले कहिल्यै पनि कम प्राथमिकतामा राख्न सकेनन् ।

हाम्रो जानकारीमा रहेसम्म उनि कहिल्यै पनि विद्यालयमा विना सूचना अनुपस्थित रहेनन्, उनकै कारण विद्यालयको पठनपाठन अवरुद्ध भएन । उनले विदा नभइ कुनै दिन विद्यालय वन्द राखेनन् । विद्यालयको प्रअ, शिक्षकको कारण पठनपाठन प्रभावित भएको, पठनपाठन हुन नसकी विद्यार्थी घर फर्कनु परेको, तोकिएको समयमा पाठ्यपुस्तक र छात्रवृति लगायतका शैक्षिक कार्यक्रम सम्पन्न नभएको अवस्था रहेन । अर्थात उनि त्यस विद्यालयमा कार्यरत रहे देखि १६ वर्षको यस अवधिसम्म एउटा विद्यालयको व्यवस्थापकप्रति न समुदायको गुनासो रह्यो, न कुनै विद्यार्थी अथवा अभिभावक असन्तुष्ट रहेको पाइयो । सँगसँगै जिल्ला शिक्षा कार्यालयका आदेश, निर्देशन समेतको उपयुक्त रुपमा पालना समेतमा विद्यालय र विद्यालय र शिक्षक प्रअसँग कुनै गुनासो गर्ने ठाउँ छैन ।

साँच्चै भन्नु पर्दा, पर्वत जन्मभूमि, दाङको वसाइ र जाजरकोटको शिक्षण पेशालाई निष्ठा र इमानका साथ निर्वाह गर्नु आफैमा चुनौतिपूर्ण थियो नै । अझ त श्रीमान् श्रीमति दुबै शिक्षण पेशामा संलग्न हुनु र आँखाका नानी जस्ता नानीहरुलाई आफ्नो दाङको घरमै छाडेर आफूलाई शिक्षण पेशामा समर्पित गर्नु झनै कठिन कार्य थियो नै । यद्यपि साना चिचिला छोराछोरी, घर व्यवहार लगायतवाट आफ्नो पेशाको मर्यादामा पर्न सक्ने असर र दुष्प्रभावलाई निष्तेज गर्दै आफूलाई कर्तव्यपरायण शिक्षकको रुपमा उभ्याउने अभियानमा उनि कहिल्यै चुकेको देखिएन ।

विभिन्न याममा हुने लामो विदाको अन्तिम दिनको अन्तिम पहर नै उनका लागि विद्यालय वन्द गर्ने क्षण बने । लामो विदा पश्चात्को पहिलो दिनको पहिलो पहरनै उनका लागि विद्यालय खोल्ने साइत भए । यस प्रकारले नै कालिका प्राथमिक विद्यालय गरीमा उनका जिवनका सोह्र बसन्त व्यतित भएका छन् । जीवन र जागिरका यी सोह्र वसन्तमा उनी जीवनसँग पनि मस्तले रमाए । जागिरसँग झनै रमाए । यसरी उनी नरमाउँदा हुन त उनीमा कसरी अझै पनि शिक्षण जागिर प्रवेशको शुरुवाती जोश, जाँगर र उमंग यद्यापि निहित भइरहन सक्थ्यो रु कसरी वर्ष दिनमा एक पटक पाइने वर्षे विदामा समेत विद्यालयमै वसेर विद्यालय निर्माण, पुःन निर्माण, शैक्षिक सामग्री निर्माण लगायतका कामको व्यस्तता देखाइ घर जाने, छोराछोरी, घर र छरछिमेक भेट्ने अवसर र समय समेत यतै चुकाउन उद्धत हुन्थे ।

उनी आफ्ना फुर्सदिला हरपल र हरक्षणहरुलाई आफ्ना तिनै विद्यार्थी र त्यही विद्यालयको विकास र निर्माणमा सुम्पन चाहन्छन् । उनि आफूमा निहित उर्जा, सिर्जनसिलता र स्रोत साधनलाई तिनै शिक्षक र विद्यार्थीका खातिर समर्पित गर्न चाहन्छन् । आफू कार्यरत विद्यालय र त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीको हीत, स्वार्थ र कल्याणका अगाडि उनले आफ्ना व्यक्तिगत चाह, स्वार्थ र लोभलाई घुँडा टेकाएका छन् । भनाइको तात्पर्य उनले आफ्नो स्वार्थ, आफ्नो हित र आफ्नो कल्याणलाई कहिल्यै प्राथमिकताको विषय वनाएनन् । प्राथमिकताको विषय वन्यो त केवल विद्यालयको सुधार, विकास र उन्नययन, विद्यार्थीको शिक्षण सिकाइ, सिकाइ उपलब्धि र विद्यार्थीको सार्वभौम हित ।

सामान्यतः प्राय शिक्षकहरुले शिक्षण पेशामा प्रवेश नपाउँदासम्म शिक्षण पेशालाई अति नै आर्दश ठान्ने र शिक्षण पेशामा प्रवेश पाएकै दिनदेखि नै शिक्षण पेशालाई अपहेलित गर्ने मानसकितावाट ग्रसित भएको देखिन्छ । यसरी नै शिक्षणलाई झन्झट मान्दै जाने, शिक्षण पूर्वको तयारी, शैक्षिक सामग्रीको निर्माण र प्रयोगलाई एकादेशको कहानी जस्तो मान्ने शिक्षकहरुको वाहुल्यता रहेको हाम्रो समाज र जिल्लामा दिनदिनै फरक फरक प्रकारका शिक्षण सामग्रीको निर्माण गरी शिक्षणमा प्रयोग गर्ने, हरेक दिनजसो शिक्षण पूर्व तयारी गरी शिक्षण गर्ने, शिक्षणलाई मनोरञ्जनात्मक, जिवन्त र दीगो वनाउन आफूलाई हरहमेशा लगाउने संस्कार र संस्कृतिको विकास र अभ्यास गराउने शिक्षक समेत उनै हुन भन्दा अतिसयोक्ति नहोला । यसको ज्वलन्त नमूना उनको कक्षा कोठाको व्यवस्थापन अवलोकन गर्दा पुष्टि हुन्छ । जहाँ हरेक कक्षाकोठा शैक्षिक सामग्रीको प्रर्दशनीले अन्माउन थालिएकी दुलही जस्तो वनेका छन् ।

विद्यालयमा देखिएको उल्लेख्य शैक्षिक सामग्रीको निर्माण र प्रयोगकोे अवस्थाले जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उखानको चरितार्थ गरेको छ । सामान्यत विद्यालय अनुगमन निरीक्षणको वेला गुरुवर्गलाई शिक्षण सामग्रीको निर्माण गरी शिक्षणमा प्रयोग गर्न सुझाव दिदा र आग्रह गर्दा एउटै जवाफ पाइन्छ,“शिक्षण सामग्री खरिद गर्न र निर्माण गर्न कुनै रकम उपलव्ध गराइदैन, नत शिक्षण सामग्रीको निर्माण र प्रयोग गर्नका लागि समय नै पर्याप्त हुँदैन’ । तर यही कुरा ठाकुर प्रसाद शर्माको हकमा कसरी संभव वन्यो रु उनलाई आर्थिक र समयको अभावले किन छेक्न सकेन । सवै विद्यालय र शिक्षकले जिल्ला शिक्षा कार्यालयवाट पाउने अनुदान उही नै हो तर, कसरी त्यही अनुदानले कुनै शिक्षक र विद्यालयलाई शैक्षिक सामग्रीले कक्षाकोठा झकिझकाउ वनाउन पुग्यो रु कुनैलाई अभावै अभाव र अपर्याप्तै अपर्याप्तको खानी बनायो ।

म जिल्ला शिक्षा अधिकारीको रुपमा काम गर्न थालेको सोह्र महिना हुन थाल्यो । यस अघि पनि पाँच वर्ष वढी मैले यहि कार्यालयको शाखा अधिकृतको रुपमा काम गरे । मेरो दुवै कार्यकाल अवधिभर मैले ठाकुरनाथ शर्मालाई विरलै कार्यालय र सदरमुकामको वरपर देख्न पाएँ होला । सो अवधिमा उनले कहिल्यै विद्यालय र आफ्ना पेशागत माग तेस्र्याको देखिएन । विद्यालयका लागि यो चाहियो, त्यो चाहियो, मलाई वढुवा गरिदिनु पर्यो, तालिममा पठाइ दिनु पर्यो भन्ने गुनासो र लोभ लालच राखी कुनै निवेदन दिएको पाइन । यसवाट मलाई लागेको छ कि उनी आफ्नो पौरख, कर्म र इमानदारितामा विश्वास गर्दछन् । आफूले सक्ने आफैले गर्ने र त्यसका लागि अर्काको मुख ताक्ने प्रवृति उनिमा देखिदैन । अधिकांश शिक्षकहरु समस्या जति अर्कैतिर तेस्र्याएर, मागजति अर्कैसँग गरेर विद्यालयको सुधार र विकासको दिवास्वप्न देख्छन् । आफूले भने विद्यालयको सुधार र विकासका लागि सिन्को समेत भाँच्दैनन् । यतिसम्म कि समयमा विद्यालय समेत पुग्दैनन् । पूरा अवधी विद्यालय वस्दैनन् । वर्ष दिन भरीमा समेत कोर्ष पूरा गर्न असमर्थ वन्छन् ।

साथै उनको विद्यालय सुधार र विकासको मोडेल समेत अलिकति पृथक छ । उनी मितव्ययी ढंगले विद्यालयको सुधार र विकास गर्न चाहन्छन् । उनले कम लागत र सुपथ मूल्यका सामग्री निर्माण र प्रयोगलाई विशेष जोड दिएका छन् । विद्यार्थीको वसाइ व्यवस्थापन समेतमा यस प्रविधिको प्रयोग गरेका छन । विद्यालयको शौचालय, खेलमैदान, खानेपानी, उर्जा लगायतको व्यवस्थापन यसै प्रकारले गर्न उनि समर्थ भएका छन । विद्यालयको सरसफाइ, विद्यार्थीमा स्वस्थकर आदत निर्मणमा समेत उनले प्रयोग गरेका अभ्यासहरु नमूना योग्य छन् ।

कालिका प्राथमिक विद्यालय गरी डाँडागाउँको “शैक्षिक सुधार र विकासका लागि विद्यालयका प्रधानाध्यापक ठाकुरनाथ शर्माले देखाएको सिर्जनशिलता, लिएको अग्रसरता, दिएको योगदान, गरेको त्याग र इच्छाशक्ति आफैमा एउटा आर्दश नमूना हो ।” उनले नमूना विद्यालयको विकासका लागि गरेको योगदान र त्यागको जहिले पनि उच्च सम्मान गर्न आवश्यक छ । तव मात्र यस अभ्यासलाई जिल्लाका अन्य विद्यालयमा सिकाइ र पृष्ठपोषणको रुपमा आत्मसात गर्न संभव हुन्छ ।

एउटा जिल्ला शिक्षा अधिकारीका हैसियतले प्रअ ठाकुरानाथ शर्माको मूल्यांकन गर्दा उनी एउटा आर्दश शिक्षक हुन् । शिक्षकको घट्दो गरिमा र मर्यादालाई पुःनजिवित गर्ने अभियानका एउटा अभियन्ता हुन । इतिहासको कुनै कालखण्डमा शिक्षकले समाजवाट पाएको मान, सम्मान र इमानको एउटा ढुकढुकी हुन्।

पर्वतमा जन्मेको, दाङ जिल्लाको स्थायी वसोवासी एउटा शिक्षक आफ्ना व्यवहारजन्य थुप्रै प्रतिकुलता चिर्दै, आफ्ना व्यक्तिगत, परिवारिक तथा सामाजिक जिवनका सुख, सयल र सुविधाभोगलाई तिलाञ्जली दिदै कर्मभूमी क्षेत्रका तमाम बालबालिकाको भविश्य रेखा कोर्न अभियान्ता उच्च समर्पणका साथ लागि परेको छ । यो वा त्यो वहाना तथा वाध्यता समेतमा विद्यालय वन्द राख्नु, विद्यालयको नियमित पठनपाठन अवरुद्ध गर्नु, जिम्मेवारी पूरा नगरिकनै जागिर पकाउनु लाजश्रमको विषय मात्र नभइ दण्डनीय कार्य हो ।

उपयुक्त प्रसंगमा ठाकुरनाथ शर्मा सरको तुलना गर्दा उनी सानातिना स्वास्थ्यजन्य समस्या, परिवारिक तथा सामाजिक वाध्यतालाई वरु तिलाञ्जली दिन चाहन्छन् । आफ्नो परिवार र समाजको गुनासो वरु सामना गर्न चाहन्छन तर, कथमकदाचित उनी पेशागत धर्मसँग पराजित हुन चाहदैनन् । उनि सदैव आफूलाई शैक्षिक सुधार र विकासको अभियानको साधक वनाउन चाहन्छन्, किन्तु वाधक वन्न चाहदैनन् । उनी विद्यार्थी, शिक्षक, अभिभावकका तमाम समस्याको समाधान वन्न चाहन्छन् तर, कहिल्यै उनी केही प्रअ र शिक्षक झै समस्याको पोको पन्तुरो रतिभर वन्दैनन् । उनी आफ्नो व्रहमले जानेसम्म वहुजन हिताय, वहुजन सुखायको प्रर्वद्धक वन्ने प्रयत्नमा तल्लिन छन् । तर, ठिक यही समयमा उनैका केही समकक्षीहरु ठाकुरनाथ शर्माले नायकको भूमिका निर्वाह गरेको फिल्ममा खल नायकको भूमिका खोजिरहेको प्रतित हुन्छ । यस प्रकारकोे भूमिका खोज्नेहरुलाई कुनै दिन अवश्य नै तालुक निकायले दण्डित त गर्नै नै छ, समकालिन समाजले समेत वहिष्कृत गर्ने समय अवश्यमेव आउने नै छ । जसवाट एक दिन पवित्र शिक्षण पेशाको कभर भित्र रहेर उक्त पेशाको मानमर्दनमा संलग्न हुने सवै पात्रहरु आफ्नो कर्मप्रति अवश्य नै प्रायश्चित गर्ने नै छन् ।

हुनत जनजनको मनको मायाको मझेरीमा ठाकुरनाथहरु विराजमान भएकै छन् । जन जनको मस्तिष्कमा तनावी पात्रको रुपम शिक्षण पेशा, शिक्षण सभ्यता र शिक्षण आर्दशको मानमर्दन गर्नेहरु रुन्चे मानसिकतामा वस्न भ्याएकै छन् । अतः आफूले शिक्षण पेशामा रहेर निर्वाह गरिरहेको भूमिकाको एक पटक शान्त मनले समिक्षा गरांै । गल्ती कतै हुन सक्छ । समिक्षा गरेर नदोहोर्याउने प्रण गरौ । ठाकुरनाथ शर्मा जस्तै अनुकरणीय र अनुसरणीय शिक्षक वन्ने कोशिश गरौ । किनकि कोशिश गर्नेहरु कहिल्यै हार्दैनन्, हार्न जान्दैनन्, जानिराखौ ल

लेखकः–जाजरकोटका जिल्ला शिक्षा अधिकारी हुन् ।


ताजा समाचार