१ सय ८ जनालाइ सीप विकास तालिम
जाजरकोटः जाजरकोटमा यस बर्ष १ सय ८ जनालाइ प्राविधिक सीप विकास तालिम दिइएको छ । घरेलु तथा साना उद्योग बिकास समिति जाजरकोटको सहयोग तथा एभरेष्ट कलब दैलेख र पहाडी क्षेत्र बिकास अभियान जाजरकोटको सहजिकरणमा जिल्लाका मजकोट ,दह , पैक, भगवती गाविसमा सीप विकास तालिम प्रदान गरी लघु उद्यमी सिर्जना गरिएको जिल्ला कार्यक्रम सयोजक लोक बहादुर बोगटीले बताए ।
वेरोजगार युवालाई उद्यमशिलता विकास तालिम सञ्चालन पश्चात उनीहरुले छनोट गरेको व्यवसायको आधारमा व्यवसाय गर्न इच्छा तथा बजारको सर्बेक्षण गरि स्रोत साधनको अध्यनको आधारमा प्राविधिक सिप विकास तालिम प्रदान गरिएको बोगटी बताउँछन् ।
तरकारी खेतीमा ३२ जना, अल्लो धागो प्रशोधन मा ३१ जना, सिस्नो प्रसोधन ७ जना सिलाई कटाईमा ३१ जना, मौरीपालनमा ७ जना गरि १ सय ८ जनालाई लघु उद्यम सम्बन्धी तालिम प्रदान गरिएको हो ।