Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

नगरपालिका संग समन्वय गरेर मात्र काम गर्न निर्देशन: शर्मा

चौरजहारी: रुकुमको चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले नगरपालिका भित्र रहेका सरकारी तथा गैरसरकारी संघ संस्थाहरु लाई नगरपालिका संग समन्वय गरेर मात्र काम गर्न निर्देशन दिनुभएको छ । कतिपय संघ संस्थाहरुले समुदायको आवश्यक भन्दा फरक कार्यक्रम संचालन गरेको भन्दै यस्तो निर्देशन दिनुभएको हो । समुदायमा सक्रिय रुपमा कार्यक्रम गर्दै आईरहेका संघ संस्थाहरुका कार्यक्रम मिल्दा जुल्दा भएकोले त्यसवाट समुदायको स्तर माथि नउठ्ने जिकिर गर्नुभयो ।  नगरपालिकाले आगामी दिनमा एकद्धार प्रणाली वाट कार्यक्रम संचालन गर्ने योजना वनाएकोले नगरमा संचालित संघ संस्थाहरुले आफना वार्षिक कार्यक्रम तथा वजेट नगरमा पेश गर्नुपर्ने कुरा औल्याउनु भएको छ ।

त्यसैगरी नगरप्रमुख शर्माले आर्थिक वर्ष २०७४/०७५ को लागी वस्ने प्रथम स्थानिय तहको नगर परिषदमा उक्त नीति तथा कार्यक्रम पेश गर्न संघ संस्थाहरुलाई निर्देशन दिनुभयो । नगरपालिकाले नगरभित्र रहेका कार्यालय प्रमुख र पत्रकारहरु वाट परिषदको लागी सुझाव संकलन गर्न आयोजना गरीएको कार्यक्रममा वोल्दै शर्माले यस्तो वताउनु भएको हो । सहभागीहरुले अल्पकालिन दिर्घकालीन र मध्यकालिन योजना वनाएर वजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका थिए । सानो तिनो आयोजनामा वजेट विनियोजन गर्दा छरपस्ट हुने र कार्यक्रम प्रभावकारी नहुने भएकोले दुई वर्षे तिन वर्षे र पन्च वर्षे योजना वनाएर निति कार्यक्रम तथा वजेट प्रस्तुत गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख अतिथी एवम नगर प्रमुख शर्माले आफुले खानेपानी, विद्युत, सडक-वाटो, कृषि, शिक्षा, स्वास्थ्य, संचार लगाएतका क्षेत्रलाई प्राथामिकता दिएर वजेट विनियोजन गर्ने वताउनु भयो । चौरजहारी नगरपालिका भित्र सडक डिभिजनको कार्यालय भएता पनि वाटोको अवस्था जिर्ण भएको भन्दै सन्तोषजनक काम नगरेकोमा गुणासो व्यक्त गर्नुभएको थियो । चौरजहारी नगरपालिकाको नगरपरिषद यहि पौष ३० गते हुने वताईएको छ ।


ताजा समाचार