Loading... आजः सोमवार, कार्तिक १०, २०७७

काठमाडौंबाटै सगरमाथा र हिलारी स्टेप (फोटो फिचर)

विश्वकै अग्लो शिखर सगरमाथा (८,८४८ मि) काठमाडौंबाट हेर्न पाइने भएको छ। सगरमाथा नदेखेका र नपुगेकाले फोटोबाटै आधारशिविरदेखि चुचुरोसम्म प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।

राजधानीमा आयोजित #फोटोनेपाल अन्तर्गत नेपाल पर्यटन बोर्डमा फोटोहरूको प्रदर्शनी राखिएको छ।

पाँचौंपटक सगरमाथा आरोहण गरेका लाक्पा शेर्पाले पाँच हजार पाँच सय मिटरको बेसक्याम्पदेखि चुचुरोसम्मको सगरमाथा हेर्न पाउने व्यवस्था गरेका हुन्। विशेषगरी हिलारी स्टेपमा सन् २००६ देखि अहिलेसम्म खिचेका तस्बिरहरू प्रदर्शनीमा राखेका छन्।

पर्वतीय प्रशिक्षक एवं अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शकसमेत रहेका शेर्पाले हिमाल आरोहण नगर्नेका लागि प्रत्यक्ष दृश्य हेर्न पाउन् भनेर तस्बिरहरू प्रदर्शनीमा राखेको बताए।

१९९८ देखि पर्वतमा काम गर्दै आएका शेर्पा २००९ देखि अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक र पर्वतीय प्रशिक्षक बनेका हुन्।

फोटोहरू हेर्नुहोस्

सेतोपाटीबाट


ताजा समाचार