Loading... आजः शनिबार, कार्तिक ८, २०७७

धनगढी उपमहानगरमा भारी मतले कांग्रेस विजयी

धनगढी: धनगढी उप-महानगरपालिकाको मेयरमा नेपाली काग्रेसका नृप वहादुर ओड र उप मेयरमा काग्रेसकै सुशीला मिश्र भट्ट विजयी हुनुभएको छ ।
मेयरमा ओड स्वतन्त्र उम्मेदवार गोपाल भन्दा २ हजार ७ बढी मत ल्याएर विजयी हुनुभएको हो । ओडले १४ हजार ३ सय २४ मत पाउनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५ सय २७ मत पाउनुभयो ।
यस्तै यसअघि संविधानसभाको निर्वाचनमा घरौटी जफत भएको नेकपा माओवादी केन्द्रले यसपाली एमालेलाई जितेको छ । माओवादी केन्द्रका मेयरका पदका उम्मेदवार रामसमझ रानाले १० हजार २ सय पाउनुभयो भने एमालेका मेयर पदका उम्मेदवार दुर्गा जोशीले हजार सय ४६ मत पाउनुभयो ।
यस्तै उपमेयरमा १७ हजार ४ सय ८ मत पाउदै काग्रेसकै सुशीला मिश्र भट्ट विजयी हुनुभएको छ । उहाँकी प्रपितस्पर्धी नेकपा एमालेकी रुक्कमणी देवकोटाले १२ हजार ७ सय ७३ मत पाउनुभयो । माओवादी केन्द्रका उप मेयरकी उम्मेदवार शान्ती अधिकारी क्षेत्रीले १० हजार २ सय ५२ मत पाउनुभयो । धनगढीका १२ वटा वडामा नेपाली काग्रेस, ५ मा माओवादी केन्द्र र २ मा एमाले विजयी भएको छ ।


ताजा समाचार