Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

कोहलपुरमा खुल्यो ११ करोड लगानीमा सुविधा सम्पन्न होटल

कोहलपुर: कोहलपुर दशविगाहमा बिहिबारदेखि यस क्षेत्रको पर्यटन क्षेत्र लक्षित गर्दै होटल कृष्ण सूचारु भएको छ । ११ करोड लगानीमा प्रदेश नम्बर ५ र ६ को पर्यटन क्षेत्रलाई लक्षित गर्दै निर्माण व्यवसायी रत्नबहादुर खड्काले होटल संचालनमा ल्याएका हुन् ।

बिहिबारदेखि सूचारु भएको होटलबाट यो क्षेत्रका रारा, मानसरोबर, स्वर्गद्धारी, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरेको संचालक खड्काले बताए ।

होटलबाट पर्यटन क्षेत्र लक्षित गरि प्याकेज संचालनमा ल्याउने उनले जानकारी दिए । छ तला, २९ कोठा रहेको होटल सम्पूर्ण चार तारे होटल सरह सुविधा रहेको छ ।

कोहलपुरमा व्यवस्थित र सुविधासम्पन्न होटलको कमी भैईरहेको बेला पर्यटन लक्षित गर्दै पहिलो पटक होटल कृष्ण संचालनमा ल्याएको व्यवसायी खड्काले बताए । ‘होटलमा तीन वटा सुविधा रहेको छ,’ उनले भने, ‘लक्जरी, नरमल र सामान्य मूल्यदरको सुविधा रहेको छ ।’

पर्यटनका लागि होटलबाट मासिक प्याकेज, गाडी सुविधा, अनलाईन बुकिङ्ग गरिने उनले भने । होटलमा थकाली, नेपाली स्थानीय खाना, चाईनीज, कोरियन, ईन्डियन खानाका परिकारको व्यवस्था रहेको छ । होटलमा कोठाको एक हजार ८ सयदेखि पाँच हजार रुपैँया तोकिएको छ । होटलको सबै सुविधा र व्यवस्था चारतारे होटलसरह रहेको छ ।

होटलमा दुई वटा समिनार हल रहेको छ । ११ करोड लगानी रहेको होटलको सबै कोठाहरु एसी र ननएसी रहेको छ । होटलमा सबै सुविधामा दश प्रतिशत छुट रहेको जानकारी गराएको छ ।

पश्चिम न्युजबाट


ताजा समाचार