Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

मनमोहन अस्पतालमा जनताको मृगौला झिकिदा कहाँ छन् ? विवेकशील नेपाली र गोविन्द केसी

काठमाडाैंः गोविन्द केसी, नेपालको चिकित्साक्षेत्रमा बेथितिका विरुद्धका पर्याय मानिन्छन् । खासगरी नीजि मेडिकल कलेजहरुको सम्बन्धनलगायतका कतिपय विषयमा उनी दर्जनबढी अनसन समेत बसिसकेका छन् ।

कतिपयले केसीको आन्दोलन एउटा पक्षको बिरोध गरेर अर्को पक्षलाई लाभ पुर्याउने अर्थमा समेत टिप्पणी नगरेका होइनन् । तर एक आम नेपालीले उपचार नपाइ मर्नु नपरोस् भन्ने मनसायले उनको पक्षमा देशैभरी ठूलो समर्थनको लहर चल्दै आएको छ ।

तर पछिल्लो घटनामा केसीको मौनताले भने उनीमाथि नै प्रश्न जन्माएको छ ।

मनमोहन मेमोरियल अस्पतालमा एकजना बिरामीको मृगौला झिकिएको विषय यतिखेर चर्चामा छ । देशैभरी एमालेले निर्वाचनमा अग्रता लिएको बेला नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दिवंगत मनमोहन अधिकारीका नाममा एमालेकै शीर्ष नेताहरुको स्वामित्वमा खुलेको अस्पतालमा भएको यो घटनाको चौतर्फी निन्दा समेत भएको छ । मिडियामा सार्वजनिक भएका समाचार अनुसार, यो एक सर्वसाधारण गरीब नेपालको स्वास्थ्यमाथि गरिएको ठूलो खेलवाड हो । देशैभरी यो घटनाको निन्दा भइरहेको छ । सरकारी अस्पतालमा गुणस्तरीय सेवा नपाइनु र नीजि अस्पतालमा आम जनता छिर्न समेत नसक्ने अवस्थामा जनताका नेताको नाममा खुलेको अस्पतालमा भएको घटनामा केसी भने मौन देखिन्छन् ।

हिजो केसीको आन्दोलनले नीजि अस्पतालमा यस्तै बेथिति नहोस् भन्ने विरुद्ध थियो । नीजि अस्पतालहरुले पूर्वाधारको विकास बिना नाफाका लागि मानिसको स्वास्थ्य किनबेच गर्न नपाउनु भन्ने उनको मागको आशय थियो । मनमोहन प्रतिष्ठानको सम्बन्धन समेत त्यसमा जोडिएको थियो । तर अहिले उनको मौनता ? किन र के लागि ? प्रश्न उठ्नु स्वभाविकै हो ।

गोविन्द केसी मात्रै होइनन्, स्वास्थ्य अधिकारको ठूलो आवाज निकाल्नेहरु पनि यतिखेर मौन छन् । मानौ मृगौला झिकिनु केही ठूलो कुरा हुन । मानौं अस्पतालमा एकजना बिरामीको शरीरमाथि जे पायो त्यही गर्न पाइन्छ । उनीहरुको मौनताले उनीहरुको विगतको आन्दोलनको नियतमाथि नै प्रश्न उठाएको छ ।

यतिखेर यो घटना माओवादी निकटका स्वास्थ्य संस्थामा घटेको भए के हुन्थ्यो ? गोविन्द केसी सबैभन्दा अगाडि कुर्लिन्थे, त्योसँगै एमालेका शार्कदेखि भुरा माछाहरु उफ्रिन्थे । लौ खत्तमै भयो, बर्बादै भयो, मान्छे मार्दै हिँड्ने माओवादीले किडनी निकाल्नु के ठूलो कुरा भयो र ? भन्ने शब्दहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देखिन्थे । तर यहाँ कुरा एमाले निकटको स्वास्थ्य प्रतिष्ठानको परेकोले सबै चुप छन् । सबै मौन छन । गोविन्दकेसीदेखि स्वास्थ्यको अधिकारको पक्षमा वकालत गर्न डलर भित्र्याउने एनजीओ आइएनजीओ चुप छन् ।

यो मौनता डरलाग्दो मौनता हो । गलत गलत हो, जसले जहाँ गरेपनि । मान्छेको जीवनमाथि हुने खेलवाडलाई राजनीतिक रंग दिइने हो भने यसको असर आम नेपाली र नेपाललाई नै पर्छ ।


ताजा समाचार