Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

पत्रकार गाउँपालिकाको अध्यक्ष बनेपछि सदस्यता त्याग

 जाजरकोटः बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले नेपाल पत्रकार महासंघको सदस्यता त्याग गरेको घोषणा गरेका छन् । २०६४ सालमा महासंघको सदस्यता प्राप्त गरेका शाह गोरखापत्र दैनिकको जाजरकोट संवाददाताको रुपमा केही समय काम गरेका थिए ।

रेडियो जाजरकोटका संस्थापनक स्टेशन मेनेजर समेत रहेका शाह ग्रामिण विकास मासिकको सम्पादक समेत हुन । जनप्रतिनिधि भैसकेपछि नैतिकताको आधारमा महासंघको साधारण सदस्यबाट राजिनामा दिएको उनले बताए । ‘म पत्रकार महासंघकोे सदस्य नरहे पनि पत्रकार र पत्रकारिता पेशा प्रति मेरो सधै गहिरो सम्बन्ध रहनेछ’,उनले भने–‘जिल्लाको पत्रकारीता विकासको लागी जनप्रतिनिधीको तर्फबाट खेल्नु पर्ने भुमिकामा म सधै कटिबद्ध रहनेछु ।’

पत्रकार महासंघ र प्रेस युनियनमा आवद्ध नेपाली काँग्रेसबाट बारेकोट गाँउपालिकाको अध्यक्षमा निर्वाचित शाहबाट बारेकोटवासीले विकासको ठुलो आशा र भरोसा गरेका छन् । कर्णालीसँग सिमाना जोडिएको बारेकोट गाँउपालिकामा सडक यातायात, विजुली र सञ्चारको विकास गर्नु नै पहिलो प्राथमिकता भएको शाहको भनाई छ ।

डिजिटल संचारबाट

 


ताजा समाचार