Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

मोरङमा ७ स्थानीय तहमा काङ्ग्रेस

विराटनगर: मोरङका १७ वटा स्थानीय तहमध्ये १५ वटाको निर्वाचन परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएका परिणाममध्ये नेपाली काँग्रेसले सातवटा तहमा विजय हासिल गरेको छ भने नेकपा (एमाले) पाँच, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार एक–एक स्थानीय तहको प्रमुख पदमा विजयी भएका छन्।

विराटनगर महानगरपालिका र धनपालथान गाउँपालिकाको मतगणना भने जारी छ।

यस जिल्लामा एक महानगरपालिका, आठवटा नगरपालिका र आठवटा गाउँपालिका छ। आठनगरपालिकामध्ये पाँचवटाको प्रमुख पदमा काँग्रेस विजयी भएको छ। सुनवर्षी नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसकै उम्मेदवार विजयी भएका छन्। रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैचा नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारले विजयी भएका छन्।

यसबाहेक, पथरी–शनिश्चरे र बेलबारी नगरपालिको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ भने रङ्गेली नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

जिल्लाका आठवटा गाउँपालिकामध्ये कटहरि र केराबारीको अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने मिक्लाजुङ, कानेपोखरी, ग्रामथानमा एमाले, बुढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन्।


ताजा समाचार