Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

जाजरकोटका ७ वटै स्थानीय तहमा बाल सञ्जाल गठन हुने

 

जाजरकोटः जिल्लाका ७ वटै स्थानिय तहमा बाल सञ्जाल गठन गर्ने जिल्ला बाल सञ्जालको प्रथम पूर्ण बैठकले निर्णय गरेको छ । दुई दिने जिल्ला बाल भेलावाट गठित जिल्ला बाल सञ्जालको प्रथम पुर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

नव निर्वाचित जिल्ला बाल सञ्जालका अध्यक्ष दीर्घराज बस्नेतको अध्यक्षतामा बुधवार बसेको बैठकले जिल्लाका ७ वटै स्थानिय तहमा नगर तथा गाउँ बाल सञ्जाल गठन तथा बिस्तार गर्ने निर्णय गरेको जिल्ला बाल सञ्जालका सचिव यामु पुनले जानकारी दिए । बैठकले रोमन पुनलाई जिल्ला बाल सञ्जालको मनोनित सदस्य चयन गर्ने निर्णण गरेको पनि सचिव पुनको भनाई रहेको छ ।

त्यसैगरी बैठकले जिल्ला सञ्जालको नियमित बैठक तीन–तीन महिनाको अन्तिम हप्तामा बस्ने निर्णय भएको सचिव यामु पुनले वताए । दुई दिन सम्म चलेको जिल्ला बाल भेलाले दीर्घराज बस्नेतको अध्यक्षतामा १० सदस्य जिल्ला कार्य समिति चयन गरेको थियो । भेलावाट चयन भएका उपाध्यक्षमा सपना नेपाली, सचिवमा यामु पुन, कोषाध्यक्षमा निरु राना रहेका छन भने, अन्य सदस्यहरुमा प्रदिप मल्ल, प्रचण्ड रोकाय, जीवन बोहरा, हिमाङस कार्की, रामशिला शाही, निर्मला नाथलाई भेलाले निर्वाचित गरेको थियो भने, रोमन पुनलाई सञ्जालको प्रथम बैठकले मनोनित गरेको छ ।

महिला तथा बालबालिका कार्यालय र जिल्ला बालकल्याण समितिको आयोजनामा सम्पन्न जिल्ला बाल भेलामा सहभागी बाल क्लवका प्रमुख तथा प्रतिनीधिहरुलाई बाल अधिकारका सिद्धान्तवारेमा प्रशिक्षण दिईएको महिला विकास अधिकृत पंकजा जोसीले जानकारी दिईन् । बाल बचाऔं, बाल संरक्षण, बालविकास र बाल सहभागिताकाबारेमा बालबालिकाहरुलाई प्रशिक्षण दिईएको केन्द्रिय बाल कल्याण समितिका श्रोत व्यक्ति डम्मबर रोकायले जानकारी दिए ।

जिल्लाका ७ वटै स्थानिय तहमा बाल सञ्जाल गठन गर्ने जिल्ला बाल सञ्जालको प्रथम पूर्ण बैठकले निर्णय गरेको छ । दुई दिने जिल्ला बाल भेलावाट गठित जिल्ला बाल सञ्जालको प्रथम पुर्ण बैठकले यस्तो निर्णय गरेको हो । नव निर्वाचित जिल्ला बाल सञ्जालका अध्यक्ष दीर्घराज बस्नेतको अध्यक्षतामा बुधवार बसेको बैठकले जिल्लाका ७ वटै स्थानिय तहमा नगर तथा गाउँ बाल सञ्जाल गठन तथा बिस्तार गर्ने निर्णय गरेको जिल्ला बाल सञ्जालका सचिव यामु पुनले जानकारी दिए । बैठकले रोमन पुनलाई जिल्ला बाल सञ्जालको मनोनित सदस्य चयन गर्ने निर्णण गरेको पनि सचिव पुनको भनाई रहेको छ ।

त्यसैगरी बैठकले जिल्ला सञ्जालको नियमित बैठक तीन–तीन महिनाको अन्तिम हप्तामा बस्ने निर्णय भएको सचिव यामु पुनले वताए । दुई दिन सम्म चलेको जिल्ला बाल भेलाले दीर्घराज बस्नेतको अध्यक्षतामा १० सदस्य जिल्ला कार्य समिति चयन गरेको थियो । भेलावाट चयन भएका उपाध्यक्षमा सपना नेपाली, सचिवमा यामु पुन, कोषाध्यक्षमा निरु राना रहेका छन भने, अन्य सदस्यहरुमा प्रदिप मल्ल, प्रचण्ड रोकाय, जीवन बोहरा, हिमाङस कार्की, रामशिला शाही, निर्मला नाथलाई भेलाले निर्वाचित गरेको थियो भने, रोमन पुनलाई सञ्जालको प्रथम बैठकले मनोनित गरेको छ ।

महिला तथा बालबालिका कार्यालय र जिल्ला बालकल्याण समितिको आयोजनामा सम्पन्न जिल्ला बाल भेलामा सहभागी बाल क्लवका प्रमुख तथा प्रतिनीधिहरुलाई बाल अधिकारका सिद्धान्तवारेमा प्रशिक्षण दिईएको महिला विकास अधिकृत पंकजा जोसीले जानकारी दिईन् । बाल बचाऔं, बाल संरक्षण, बालविकास र बाल सहभागिताकाबारेमा बालबालिकाहरुलाई प्रशिक्षण दिईएको केन्द्रिय बाल कल्याण समितिका श्रोत व्यक्ति डम्मबर रोकायले जानकारी दिए ।

डिजिटल संचारबाट


ताजा समाचार