Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

राज्य गैर जिम्मेवार बनेको दाबी

20170705_083825

जाजरकोट:  नागरिक सेवा प्रबाहमा राज्य अभिभावक बन्न नसकेको नेपाल कम्युनिष्ट पार्टी, जाजरकोटले निस्कर्ष निकालेको छ । मंगलवार जिल्लामा बसेको सचिवालय बैठकले यस्तो निस्कर्ष निकालेको हो ।

जिल्ला स्थित सरकारी कार्यालयवाट प्रवाह गरिने नागरिक सेवाहरुमा घुस लिने, भ्रष्टाचार गर्ने जस्ता कृयाकलापहरु सञ्चालन गरेर नागरिक अभिभावकत्व प्रदान गर्न नसकेको नेपाल कम्युनिष्ट पार्टी, जाजरकोटले आरोप लगाएको छ । बुधवार विहान जिल्ला सदरमुकाम खलंगाको ठाटीमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल कम्युनिष्ट पार्टी, जाजरकोटले बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो आरोप लगाएको थियो ।

पत्रकार सम्मेलनमा सचिवालय बैठकले लिएका निर्णय सार्वजनिक गर्दै नेकपा, जाजरकोटका सेक्रेटरी अमर ओलीले सम्पन्न स्थानिय तहको निर्वाचन खारेजी गर्ने पार्टी योजना अनुसार चुनाव खारेजी अभियान सानदार रुपमा सफल भएको, चुनाव अबधिमा पक्राउ भएर प्रहरी हिरासतमा बसेर रिहाई भएका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बैठकले धन्यवाद दिएको वताए । उनले सम्पन्न बैठक जिल्लामा भैरहेको व्याप्त भ्रष्टाचार प्रति केन्द्रित रहेको वताए ।

 


ताजा समाचार